स्मार्टफोन आयातमा बाहिरियो २० अर्ब

काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाख महिनासम्मको अवधिमा स्मार्टफोन आयातमा उक्त रकम बाहिरिएको हो ।
यस अवधिमा विदेशबाट १३ लाख वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले ३ अर्ब ८१ करोड रुपैयाँ राजश्व बुझाएका छन् । जबकि, चालू वर्षको भदौदेखि वैशाखसम्ममा अवैधरुपमा ४५ लाख सेट मोबाइल फोन भित्रिएका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएसँगै पुस १५ देखि एमडीएमएस स्थगित बनेको थियो ।
प्राधिकरणको तथ्यांकअनुसार भदौदेखि गैरकानुनी माध्यमबाट ४५ लाख फोन भित्रिए र अहिले प्रयोगमा आइरहेका छन् । अब भने यसरी फोन आयात हुने क्रम रोकिने र वैध माध्यमबाट मात्रै आउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिर समर्थकले जीवन गुमाइरहँदा रङ्गशालाभित्र जितको खुसीयाली
-
मधेसमा उकालो लाग्यो हत्याको ग्राफ : ४ वर्षमा ३८५ जनाको मृत्यु
-
कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-
इरान, अफगानिस्तानलगायत यी १२ देशका मानिसहरूलाई ट्रम्पले अमेरिका यात्रामा लगाए प्रतिबन्ध
-
न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ : कमल थापा
-
पुटिनसँग कुरा गरेपछि ट्रम्पले युक्रेनलाई दिए यस्तो चेतावनी