बागमती प्रदेशसभा बैठक बस्दै
मकवानपुर । बागमती प्रदेशसभाको वर्षे अधिवेशन आज मंगलबारबाट सुरु हुँदैछ । संसद्को दोस्रो कार्यकाल अन्तर्गतको दोस्रो अधिवेशन ९वर्षे अधिवेशन०को पहिलो बैठक मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले गत जेठ १ सोमबार प्रदेशसभाको बजेट अधिवेशनको रूपमा रहेको वर्षे अधिवेशन जेठ ९ गते मंगलबार दिउँसो १ बजेका लागि आह्वान गरेका थिए । गत वैशाख ३१ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार प्रदेशसभाको अधिवेशन आह्वानका लागि सिफारिस गरे अनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका थिए ।
उक्त बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफल हुने प्रदेशसभाका सचिव कृष्णहरि खड्काले जानकारी दिए । उनका अनुसार प्रदेशसभा बैठकको कार्यसूची तयार पार्ने केही बेरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने तयारी भइरहेको छ । उक्त बैठकले प्रदेशसभामा प्रस्तुत हुने कार्यसूची तयार पार्ने सचिव खड्काको भनाई छ ।
प्रदेशसभा बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकताको क्षेत्र माथि छलफल हुने उनले बताए । उनका अनुसार प्रदेशसभा बैठकमा सरकारको तर्फबाट विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेस हुने र त्यस माथि सांसदहरूले सैद्धान्तिक छलफल गर्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि शिक्षा स्वास्थ्य तथा भौतिक संरचना विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको जनाइएको छ । सरकारले टुक्रे योजनालाई वैकल्पिक व्यवस्था गरी प्रभावकारी ढंगबाट बृहत् र दीर्घकालीन योजनाहरू ल्याउने तयारी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण