भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै ४६ वटा धर्ना प्रदर्शन
काठमाडौँ । सुशासन, पारदर्शिता र जबाफदेहिता सुनिश्चित गर्न तीनै तहको सरकारलाई आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले विभिन्न कार्यक्रम आयोजना गरी १६ औँ गणतन्त्र दिवस मनाउने भएको छ । लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ योगदान गरेको शान्ति समाजले जेठ १५ गते गणतन्त्र दिवसलाई उत्सवका रूपमा मनाउँदै आएको छ ।
यसैगरी नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरूलाई कारबाही गर्न जोड दिँदै जेठ १ गतेदेखि शान्ति समाजले सुरु गरेको विशेष अभियानका क्रममा २२ जिल्लामा ४६ वटा धर्ना प्रदर्शन सम्पन्न भएको बुधवार जारी विज्ञप्तिमा उल्लेख छ ।
यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लेखिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीहरूलाई बुझाइएको समाजका कृष्ण बहादुर रावलले जानकारी दिए । ३ बुँदे ज्ञापन पत्रमा नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी कार्यदल गठनको नियतदेखि चलखेलसम्मका सम्पूर्ण फेहरिस्तहरूको सूक्ष्म अध्ययन/अनुसन्धान गरी दोषीहरू प्रमुख दलका शीर्ष नेतासहित जो कोही हुन कानुन सम्मत कारबाही गर्न आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण