दैलेख सदरमुकाममा यौन व्यवसाय सञ्चालन गर्ने दुई होटेल साहु पक्राउ
बिहीबार, ११ जेठ २०८०, १७ : ५५
दैलेख । पछिल्लो समय दैलेख सदरमुकाममा पनि यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । गोप्य सूचनाका आधारमा दैलेख प्रहरीले सदरमुकामस्थित होटेल सञ्चालन गरिरहेका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार ज्वालामुखी होटेलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटेलका सञ्चालक दीपेन्द्र कटुवाल पक्राउ परेका हुन् ।
दैलेखका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार न्यौपानेले आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई होटेलबाट नै पक्राउ गरिएको हो । यस्तै कटुवालले पनि होटेलमा यौन व्यवसाय सञ्चालन गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । दुवै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँखा फर्फराउनु: सामान्य थकान हो कि गम्भीर रोगको संकेत ?
-
मौद्रिक नीतिले आर्थिक वृद्धिलाई सघाउनुपर्छ तर स्थायित्व कायम राख्ने चुनौती पनि छ : कार्यवाहक गभर्नर पण्डित
-
साइलेन्ट किलर बन्दै हृदयाघात : यी हुन् केही दिनअघि नै शरीरमा ६ पूर्वसंकेत
-
विदेशी पर्यटकलाई लोभ्याउन पूर्वी सीमामा नयाँ प्रयोग
-
मेक्सिकोविरुद्ध इक्वेडर : आज्टेकामा जुझारु घम्साघम्सी
-
आजदेखि पेट्रोलियम पदार्थको मूल्य घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण