बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दैलेख सदरमुकाममा यौन व्यवसाय सञ्चालन गर्ने दुई होटेल साहु पक्राउ

बिहीबार, ११ जेठ २०८०, १७ : ५५
बिहीबार, ११ जेठ २०८०

दैलेख । पछिल्लो समय दैलेख सदरमुकाममा पनि यौन व्यवसाय सञ्चालन हुने गरेको पाइएको छ । गोप्य सूचनाका आधारमा दैलेख प्रहरीले सदरमुकामस्थित होटेल सञ्चालन गरिरहेका दुई जनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार ज्वालामुखी होटेलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटेलका सञ्चालक दीपेन्द्र कटुवाल पक्राउ परेका हुन् । 

दैलेखका प्रहरी नायव उपरीक्षक किशोर लम्सालका अनुसार न्यौपानेले आफ्नै होटेलमा यौन व्यवसाय सञ्चालन गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा उनलाई होटेलबाट नै पक्राउ गरिएको हो ।  यस्तै कटुवालले पनि होटेलमा यौन व्यवसाय सञ्चालन गरिरहेको भन्ने सूचना प्रहरीले पाएको थियो । दुवै जनालाई म्याद थप गरी अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप