कुरकुरे, कुरमुरे र लेज आयातमा बाहिरियो ५४ करोड
शनिबार, १३ जेठ २०८०, १३ : ५७

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा विदेशबाट ५४ करोड ५३ लाख रुपैयाँको कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा उक्त मूल्यको कुरकुरे, कुरमुरे, लेज र चिजबल्स आयात भएको हो । यस अवधिमा १० लाख ५८ हजार किलोग्रा कुरकुरे, कुरमुरे र लेज आयात भएको छ । यस्तै, आयातकर्ताले उक्त परिणामको जंक फूड आयात गरेबापत सरकारलाई ३३ करोड ७६ लाख रुपैयाँ भन्सार राजश्व बुझाएका छन् ।
नेपालमा आउने यी वस्तु भारत, चीन, जापान, कोरिया, मलेसिया, मेक्सिको, साउदी अरेबिया र अमेरिकाबाट आउने गरेको छ । सबैभन्दा धेरै भारतबाट ३८ करोड ५१ लाख रुपैयाँको यी वस्तु भित्रिएको छ । यस्तै, मलेसियाबाट १३ करोड ८१ लाख, दक्षिण कोरियाबाट १८ लाख रुपैयाँको यस्ता वस्तु आयात भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादी संकेत
-
सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो
-
स्थानीय यार्सागुम्बा टिप्न गएपछि विद्यालय बन्द, गाउँ सुनसान (तस्बिरहरू)
-
सदनको अवरोध खोल्न माओवादीले अन्य विपक्षी दलसँग छलफल गर्ने
-
बहुविवाह गरेको आरोपमा एबीसी ओभरसिजका सञ्चालक पक्राउ
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?