विराटनगर तनावग्रस्त : प्रहरीसँग झडप, ३० भन्दा बढी आन्दोलनकारी पक्राउ (तस्बिरसहित)
विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक बस्ने भएपछि आन्दोलनकारीले प्रदेशसभा भवन वरिपरि घेराउ गरेका छन् भने सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् ।
_RcHxwwJZNr.jpg)
दिउँसो १ बजेदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच देवकोटा चोकमा झडप भएको हो । झडपमा परी एक सशस्त्र प्रहरी जवानको टाउको फुटेको छ । आन्दोलनकारीतर्फ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजेनै पुगेका थिए ।
_ssUuRBO0sn.jpg)
गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । २ बजेर २० मिनेटमा प्रदेशसभा बैठक सुरु भएको छ । अहिले दलका नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।
_oJoeyYxYkK.jpg)
_nxYSjt4QFC.jpg)
_KQXZo0gTgO.jpg)
_CSwy9kLZcO.jpg)
_HTQ0Yyb009.jpg)
_xUPGYTjBos.jpg)
_uIaLfrwMJ6.jpg)
_lF0chHCDJf.jpg)
_14yA0E9KmB.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्सीको लतमा फस्नुअघि पेलेको चमकसमेत फिका पार्ने फुटबलका सुपरस्टार
-
इजरायलद्वारा इरानको पेट्रोकेमिकल केन्द्रमा आक्रमण
-
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
-
पश्चिम एसियामा तनाव बल्झिएसँगै एसियाली सेयर बजारमा पहिरो
-
स्थानीय तहको अधिकार र स्वायत्तता माग्दै माइतीघरमा जनमत पार्टीको प्रदर्शन
-
इजलासमा फर्किइन् सपना प्रधान मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण