शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
पहिचानवादी आन्दोलन

विराटनगर तनावग्रस्त : प्रहरीसँग झडप, ३० भन्दा बढी आन्दोलनकारी पक्राउ (तस्बिरसहित)

आइतबार, १४ जेठ २०८०, १४ : १६
आइतबार, १४ जेठ २०८०

विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ ।  कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक बस्ने भएपछि आन्दोलनकारीले प्रदेशसभा भवन वरिपरि घेराउ गरेका छन् भने सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । 

koshi-tanab (2)

दिउँसो १ बजेदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच देवकोटा चोकमा झडप भएको हो । झडपमा परी एक सशस्त्र प्रहरी जवानको टाउको फुटेको छ । आन्दोलनकारीतर्फ प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले आज बिहानदेखि हालसम्म ३० भन्दा बढी आन्दोलनकारीका नेतालाई पक्राउ गरेको छ । विराटनगरस्थित देवकोटाचोकबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रदेशसभा  घेराउ गर्ने उद्देश्यले उनीहरु त्यहाँ जम्मा हुने क्रममा बिहान ८ बजेनै पुगेका थिए । 

koshi-tanab (3)

गत फागुन १७ गते प्रदेशको नामाकरणपछि प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । त्यसपछि पहिचानवादीको प्रदर्शन र आन्दोलनका कारण प्रदेशसभाको बैठक नै नबसी हिउँदे अधिवेशन अन्त्य भएको थियो । २ बजेर २० मिनेटमा प्रदेशसभा बैठक सुरु भएको छ । अहिले दलका नेताहरुले सम्बोधन गर्ने क्रम जारी छ । आन्दोलनलाई लक्षित गरी स्थानीय प्रशासनले प्रदेशसभा परिसर, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अगाडी र आसपासको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

koshi-tanab (4)koshi-tanab (5)koshi-tanab (6)koshi-tanab (7)koshi-tanab (8)koshi-tanab (9)koshi-tanab (10)koshi-tanab (11)koshi-tanab (12)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप