सहकारीमा सर्वसाधारणको पाँच खर्ब रुपैयाँ
काठमाडौँ । सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ रहेको छ ।अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० का अनुसार सहकारीमा सेयर सदस्य सङ्ख्या ७३ लाख ८१ हजार २१८ रहेको छ भने करिब साढे ३१ हजारको सङ्ख्यामा रहेका सहकारीको सेयर पुँजी ९४ अर्ब १५ करोड रुपैयाँ रहेको छ ।
यस्तै चालु आर्थिक वर्षको आठ महिनासम्ममा सहकारी क्षेत्रमा चार खर्ब ७८ अर्ब तीन करोड रुपैयाँ बचत परिचालन भएको छ भने कर्जा प्रवाह चार खर्ब २६ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । सहकारी क्षेत्रमा ९१ हजार तीन सय प्रत्यक्ष रोजगार रहेकामा २०७९ फागुनसम्म यो सङ्ख्या ९३ हजार ७७१ पुगेको अर्थ मन्त्रालयले प्रकाशित आर्थिक सर्वेक्षणमा उल्लेख गरेको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण