सन्दीप लामिछानेको मुद्दा आज पनि टुङ्गिएन
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज पनि फैसला दिन सकेन । न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो ।
न्यायाधीश राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन् । अब उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिने भएको छ ।
मुद्दा लम्बिएपछि सन्दीप लामिछाने नेपाली क्रिकेट टोली सहभागी हुने प्रतियोगिताका लागि तत्काल दक्षिण अफ्रिका जान नपाउने भएका छन् । नेपाली टोली करिब डेढ महिना लामो खेल तालिका अन्तर्गत दक्षिण अफ्रिका जाँदैछ ।
सन्दीपका वकिल अधिवक्ता मुरारी शर्माका अनुसार मुद्दा प्रक्रिया लम्बिएसँगै सन्दीप राष्ट्रिय क्रिकेट टोलीमा सम्मिलित भएर दक्षिण अफ्रिका जान समस्या हुने भएको छ ।
फैसलाको चरणमा रहेको भनिएको मुद्दा पछिल्लो समय विभिन्न कारणले लम्बिँदै गएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण