बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
अदालत

सन्दीप लामिछानेको मुद्दा आज पनि टुङ्गिएन

मङ्गलबार, १६ जेठ २०८०, १६ : १४
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा काठमाडौँ जिल्ला अदालतले आज पनि फैसला दिन सकेन । न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो ।

न्यायाधीश राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन् । अब उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिने भएको छ ।

मुद्दा लम्बिएपछि सन्दीप लामिछाने नेपाली क्रिकेट टोली सहभागी हुने प्रतियोगिताका लागि तत्काल दक्षिण अफ्रिका जान नपाउने भएका छन् । नेपाली टोली करिब डेढ महिना लामो खेल तालिका अन्तर्गत दक्षिण अफ्रिका जाँदैछ ।

सन्दीपका वकिल अधिवक्ता मुरारी शर्माका अनुसार मुद्दा प्रक्रिया लम्बिएसँगै सन्दीप राष्ट्रिय क्रिकेट टोलीमा सम्मिलित भएर दक्षिण अफ्रिका जान समस्या हुने भएको छ ।

फैसलाको चरणमा रहेको भनिएको मुद्दा पछिल्लो समय विभिन्न कारणले लम्बिँदै गएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप