शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्टस अवार्डलाई माया मेट्राको साथ

मङ्गलबार, १६ जेठ २०८०, १७ : ०४
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । कैलालीको धनगढीमा आयोजना हुने ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड— २०७९’ लाई धनगढीको माया मेट्रो हस्पिटलले सहयोग गर्ने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले चौथो पटक आयोजना गर्न लागेको अवार्डको ‘सुदूरपश्चिम आइकन पुरुष विधा’लाई धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले प्रायोजन गर्ने भएको हो ।

अवार्डमा दिइने आठवटा विधामध्येको सुदूरपश्चिम आइकन पुरुष अवार्डको नाम माया मेट्रो हस्पिटल सुदूरपश्चिम आइकन पुरुष अवार्ड हुने भएको छ । मञ्चका अध्यक्ष प्रदीप पाठक र अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउँदै आएको माया मेट्रो हस्पिटलले सुदूरपश्चिम स्पोर्टस अवार्डलाई निरन्तर साथ दिँदै आएको छ । खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेल प्रेमीलाई प्रोत्साहन गर्ने अभियानमा अस्पतालका तर्फबाट सहयोग गरेको ‘माया मेट्रो’ अस्पतालका अध्यक्ष सावदले बताए । सावद नेपाल क्रिकेट सङ्घका निवर्तमान केन्द्रीय सदस्य पनि हुन् ।

माया मेट्रो अस्पतालले प्रायोजन गर्ने भएपछि अवार्डलाई अझ भव्य रूपमा सम्पन्न गर्न सकिने मञ्चका अध्यक्ष पाठकले बताए । ‘सुदूरपश्चिम आइकन पुरुष अवार्ड’ मा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत गरिन्छ ।

असार ८ गते धनगढीमा आयोजना हुने चौथो संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ मा २०७९ सालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने  खेलाडी र प्रशिक्षकसहित विभिन्न आठ विधामा पुरस्कार प्रदान गरिन्छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड तथा सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार तथा उत्कृष्ट प्रशिक्षकलाई ३० हजार रुपैयाँ प्रदान गरिन्छ ।

यसैगरी वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार रुपैयाँबाट पुरस्कृत गरिन्छ । सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई भने २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप