बागमती प्रदेश
बागमती प्रदेशसभा बैठक दुई घण्टा ढिलो सुरु
बुधबार, १७ जेठ २०८०, १४ : ५४
हेटौँडा । बागमती प्रदेशसभाको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको छ । बुधवार प्रदेशसभाको दुईवटा बैठक बस्दैछ । पहिलो बैठकमा एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक मधुसूदन पोडेलले सकल्प प्रस्ताव पेश गर्दै छन् ।
भारतले नेपालको भूमि समेत राखेर त्यहाँको संसद्मा राखेको नक्साको विरोधमा सङ्कल्प प्रस्ताव पेश गर्न लागेको प्रमुख सचेतक पौडेलले जानकारी दिए । उक्त प्रस्तावमा सबै दलले समर्थन रहने जनाइएको छ । उक्त सङ्कल्प प्रस्ताव पारित भएपछि दोस्रो बैठक बस्ने कार्यसूची छ । दोस्रो बैठकमा प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बागमती प्रदेशमा गत जेठ १४ गते प्रदेश सभामा नीति तथा कार्यक्रम पेश गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण