थारू बस्तीमा कुलाही
_lwyEsOcP0a.jpg)
धनगढी । पश्चिम तराईका थारू बस्तीमा सिँचाई प्रणाली व्यवस्थापनको लागि कुलाही सुरु भएको छ । स्वस्फूर्त रुपमा सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदानस्वरुप कुलाही सुरु गरिएको हो । वर्षात् भन्दा अगावै तथा बर्खे खेतीको तयारीको रुपमा थारू बस्तीमा कुलाही गर्ने परम्परा चलिआएको कैलालीको कैलारी गाउँपालिका–८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले जनाए ।
दक्षिण टेंढीगाउँमा दुई दिनसम्म चल्ने कुलाहीमा गाउँका ११५ घरधुरीको सहभागिता छ । भलमन्साको नेतृत्वमा उनीहरुले गाउँको सबै सिँचाइ प्रणालीको कुलो, नहरको सरसफाई, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने भएका छन् ।
कैलारी गाउँपालिका–६, बेनौलीका भलमन्सा काजीराम महतोले केही दिनमा कुलाही सुरु गरिने बताए । २५० बढी घरधुरी रहेको बेनौलीका स्थानीयले पनि उहिलेदेखि कुलाही गर्दै आएको भलमन्सा महतोको भनाइ छ ।
उनले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारू समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’दक्षिण टेंढी र बेनौलीमा मात्रै होइन, पश्चिम तराईको हरेक थारू बस्तीमा कुलाही गरिँदै आइएको छ । जसमा सरकारको कुनै निकायको संलग्नता हुँदैन ।
थारू समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संकारको कार्य हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर