थारू बस्तीमा कुलाही
धनगढी । पश्चिम तराईका थारू बस्तीमा सिँचाई प्रणाली व्यवस्थापनको लागि कुलाही सुरु भएको छ । स्वस्फूर्त रुपमा सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदानस्वरुप कुलाही सुरु गरिएको हो । वर्षात् भन्दा अगावै तथा बर्खे खेतीको तयारीको रुपमा थारू बस्तीमा कुलाही गर्ने परम्परा चलिआएको कैलालीको कैलारी गाउँपालिका–८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले जनाए ।
दक्षिण टेंढीगाउँमा दुई दिनसम्म चल्ने कुलाहीमा गाउँका ११५ घरधुरीको सहभागिता छ । भलमन्साको नेतृत्वमा उनीहरुले गाउँको सबै सिँचाइ प्रणालीको कुलो, नहरको सरसफाई, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने भएका छन् ।
कैलारी गाउँपालिका–६, बेनौलीका भलमन्सा काजीराम महतोले केही दिनमा कुलाही सुरु गरिने बताए । २५० बढी घरधुरी रहेको बेनौलीका स्थानीयले पनि उहिलेदेखि कुलाही गर्दै आएको भलमन्सा महतोको भनाइ छ ।
उनले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारू समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’दक्षिण टेंढी र बेनौलीमा मात्रै होइन, पश्चिम तराईको हरेक थारू बस्तीमा कुलाही गरिँदै आइएको छ । जसमा सरकारको कुनै निकायको संलग्नता हुँदैन ।
थारू समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संकारको कार्य हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण