शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरका १४ विद्यालयमा कोड क्लब कार्यान्वयनमा

शनिबार, २० जेठ २०८०, १० : ०६
शनिबार, २० जेठ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका १४ वटा सामुदायिक विद्यालयहरूमा कोड क्लब कार्यान्वयनमा आएको छ। सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै काठमाडौँ महानगरले १४ वटा विद्यालयमा कोड क्लब कार्यान्वयन गरेको हो ।  

डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवर्दन गर्ने उद्देश्यले डिजिटल एण्ड बियोण्डको सहकार्यमा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरुलाई कम्प्युटर ल्यांग्वेज कोडिंङ्ग सिकाईने महानगरले जनाएको छ। 

यस्तो सीप सिकिरहेका विद्यार्थीहरूले आफ्नै विद्यालयको वेब साईटको व्यवस्थापनमा समेत सहयोग गर्न थालेका छन्। 

Think Globally Act Locally अवधारणा अवलम्बन गरि सबै विद्यालयहरुमा गूगल वोर्कस्पेस समेत कार्यन्वयनमा ल्याउन लागिएको उपप्रमुख सुनिता डंगोलले बताईन। 

डिजिटल शिक्षा परिदृश्य उत्थान गर्न र विद्यार्थी र शिक्षकहरूलाई नवीनतम प्राविधिक उपकरणहरूको साथ सशक्त बनाउने सोच बमोजिम महानगरपालिकाले डिजिटल र वियोन्डसँग सहकार्य गरेर प्रत्येक सामुदायिक विद्यालयमा Raspberry-Pi Foundation Code Club गठन गर्न थालेको छ।  

यो कोड क्लबका विद्यार्थीहरूले खेल मैदानमा फुटबल, बास्केटबल खेले जसरी रमाउँदै कप्युटरबाट नयाँ कार्यक्रम बनाउन सक्छन् । यसको आधार स्क्याच कोडिङ् हो। यसरी निर्माण गरिएका कार्यक्रमहरू १६० देशका विद्यार्थीको नेटवर्कमा पुग्छ । यही प्लेटफर्मबाट अन्तर्राष्ट्रिय प्रतिस्पर्धा समेत गर्न सकिन्छ।

उक्त क्लब मार्फत विद्यार्थीहरूले कोडिङ, एनिमेसन, सिम्पल प्रोग्रमिङहरुको क्रियाकलापहरू गर्दै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप