बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोशिस भएको छ : सांसद बडू

बुधबार, २४ जेठ २०८०, १४ : १३
बुधबार, २४ जेठ २०८०

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको बताएका छन् । बुधवार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडूले बजेट वक्तव्यले देशको आर्थिक अवस्थामा सुधार ल्याउन पूँजीगत खर्च बढाउने र अनुत्पादक खर्च घटाउने प्रयत्न गरेको बताए ।

उनले बजेटलाई आर्थिक अनुशासन र समयको अनुशासनमा बाँध्ने कोशिस भएको उल्लेख गरे । उनले सो अनुरुपको कार्यनीति र कार्ययोजना पनि ल्याएको भन्दै प्रशंसा गरे । उनले बजेटले आर्थिक वर्षको पहिलो तीन महिना सबै प्रशासनिक काम सक्ने र मंसिरदेखि फिल्डमा काम देखाउने भन्नु राम्रो भएको उल्लेख गरे । उनले दोहोरो कार्यक्षेत्र परेका निकायहरुलाई कटौती गर्नुपनि राम्रो भएको बताए । उनले बजेट कार्यान्वयन हुन सकेमा परिणाम दिने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप