बुटवलका मासु पसलमा अनुगमन

बुटवल । भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवल उपमहानगरपालिकाले मासु पसल र सप्लायर्समा अनुगमन थालेको छ ।
यस क्रममा जेठ १४ देखि जेठ २४ गतेसम्म २९ वटा मासु पसल र सप्लायर्समा अनुगमन गरी १ सय १ किलो अखाद्य मासु र ४ प्याकेट ससेज जफत गरी नष्ट गरेको छ ।
बुटवल उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च, मासु व्यवसायी संघ, सञ्चारकर्मीसहितको अनुगमन टोलीले अखाद्य मासु र मासुजन्य पदार्थ जफत गरी नष्ट गरेको बुटवल उपमहानगरपालिकाका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले बताइन् ।
अनुगमनका क्रममा मापदण्ड पूरा नगरेका, बधस्थल फोहोर र अव्यवस्थित पाइएका, मासु पसल र अन्य पसलहरु एकै ठाउँमा राखेका, व्यवसाय दर्ता नगरेका जस्ता मासु पसल तथा सप्लायर्सलाई चेतावनी दिँदै सुधार गर्न निर्देशन दिइएको छ ।
मापदण्ड पूरा नगरेका, अखाद्य मासु बिक्रीका लागि राखेका पसलबाट ४० हजार जरिवाना गराइएको अनुगमन तथा सरसफाइ शाखा प्रमुख ठगिश्वर पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकलाई कुरा गरेर होइन, काम गरेर परिणाम दिनुपर्छ: कानुनमन्त्री गुरुङ
-
घरेलु मैदानमा युनाइटेडको लगातार हार
-
नेपालले चौथो विकेट गुमायो, जोरा आउट
-
समावेशीको कुरा उठाउने महन्थकै पार्टी असमावेशी, पदाधिकारीमा मात्र ४४ प्रतिशत बाहुन
-
माल्दिभ्सविरुद्ध नेपालले तेस्रो विकेट गुमायो
-
एसियाली खेलकुद : नेपालले दोस्रो विकेट गुमायो