काठमाडौँको दिसा ल्याएर ललितपुरमा डम्प !
काठमाडौँ । काठमाडौँको फोहोर ल्याएर ललितपुरमा फाल्ने सवारीमाथि ललितपुर महानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । काठमाडौँका विभिन्न क्षेत्रबाट फोहोर र सेफ्टी ट्याङ्कीको ढल लिएर आउने गरेको सूचनाका आधारमा महानगरले उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको हो ।
यसरी लामो समयदेखि काठमाडौँको फोहोर ल्याएर ललितपुरमा डम्प गर्ने काम भइरहेको महानगरको दाबी छ । बुधबार फोहोर फाल्दै गर्दा बा ३ ख २८० नम्बरको गाडी नियन्त्रणमा लिएपछि दैनिक २० वटा ट्याङ्करहरू फोहोर फाल्नका लागि आउने गरेको खुलासा भएको ललितपुर महानगरीय प्रहरी प्रमुख सीताराम हाछेथुले रातोपाटीलाई जानकारी दिए ।
_Ty81IHZdhM.jpg)
‘फोहोर फाल्दै गर्दा गन्हाएपछि हामी घटनास्थलमा पुग्यौँ । हामी पुग्नासाथ चालक गोपी श्रेष्ठ त्यहाँबाट भागे । गाडी नियन्त्रणमा लिएका छौँ । यसबारे अनुसन्धान गर्दा दैनिक २० वटा यस्तै ट्रकहरू आउने गरेको थाहा पायौँ । फोहोर खन्याउनका लागि एउटा ट्याङ्करलाई ५ सय रुपैयाँ दिने गरिएको रहेछ,’ हाछेथुले भने । महानगर प्रहरीले ट्याङ्करका धनी काजीमान कुसवाल र ठेकेदार दुर्गे तामाङलाई नियन्त्रण लिएको छ ।
च्यासलमा नेकपा एमालेको कार्यालय नजिकैको क्षेत्रमा १२ फिट लामो जस्ताले घेरेर राखिएको थियो । त्यहाँ जहिले पनि ताला लगाइने गरिन्थ्यो भने गाडी आउँदा मात्र त्यसलाई खोलिन्थ्यो । हाछेथुका अनुसार पानी बोक्ने ट्याङ्करहरू जस्तै देखिने गाडीहरू सेफ्टी ट्याङ्कीबाट ढल र दिसा लिएर त्यहाँ फाल्ने गर्थे । ठुला जस्ताले घेरिएका कारण त्यहाँ फोहोर फालेको कसैले पत्ता नै पाउन सकेका थिएनन् । जसले गर्दा पुरै क्षेत्रमा दुर्गन्ध फैलिएको थियो ।
_ywaqx92z3N.jpg)
२०६८ को फोहोर व्यवस्थापन ऐनअनुसार स्थानीय तहले १ लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था रहेको हाछेथुको भनाई छ । अहिलेसम्म महानगरले फोहोर फाल्नेलाई ५ हजारदेखि १५ हजारसम्म जरिवाना गराउँदै आएको थियो । ट्याङ्करका धनी र ठेकेदारलाई अधिकतम जरिवाना गर्ने तयारी गरिएको उनले जानकारी दिए । फोहोर फाल्ने स्थानसमेत बन्द गराइएको छ ।
_xkTx1bDgM0.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण