माधव नेपालको आरोप : देशमा भ्रष्टाचारको नांगो रुप देखिन थाल्यो
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिएको टिप्पणी गरेका छन् । शुक्रवार काठमाडौँमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली राजनीतिमा सबैभन्दा चर्को रुपमा भ्रष्टाचारको प्रवृत्ति देखिएको बताए । अध्यक्ष नेपालले भने– ‘अहिले नेपाली समाजमा भ्रष्टाचारको पनि नांगो रुप आएको छ । भूटानी शरणार्थी प्रकरण होस् या कुनैपनि कामहरु बिना पैसाको नहुने अहिलेको प्रवृत्ति होस्, मिटरब्याजीको पैसाले पीडितहरु होस्, गलत प्रवृत्तिको विरुद्धमा जुध्नुपर्नेछ ।’
उनले पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचार रहेको भन्दै उनले नेपालमा बिना पैसाको कुनै काम नहुने अवस्था आएको बताए । उनले जनतालाई पीडा दिने र शोसक सामन्तहरु र दलाल पुँजीहरु हाबी हुन पुग्ने र इमन्दार र असल मानिस पाखा लाग्नुपर्ने स्थिति सिर्जना भएको बताए ।
‘अहिले नेपाली राजनीतिमा सबैभन्दा चर्को कुरा भ्रष्टाचारको प्रवृत्ति देखिएको छ । पूरै राजनीति विकृत हुनुको पछाडि भ्रष्टाचारले काम गरेको छ’ उनले भने, ‘बिना पैसाको कुनै काम नहुने पैसामा लोभिने, जनतालाई पीडा दिने र शोसक सामन्त, जाली फटाहाहरु अझै दलाल पुँजीहरु हाबी हुन पुग्ने, इमान्दार र असल पाखा पर्नुपर्ने स्थिति विद्यमान छ, यसलाई परिवर्तन गर्न चाहन्छौँ ।’
अध्यक्ष नेपालले अहिले पुनः प्रतिगामी शक्तिहरु सल्बलाएको बताए । उनले वंशको शासनलाई फर्काउने दुष्प्रयास भइरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण