शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा ब्युँताउन माधव नेपालको आह्वान

शनिबार, २७ जेठ २०८०, १९ : १५
शनिबार, २७ जेठ २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार तत्कालीन नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आह्वान गरेका छन् ।

शनिवार भक्तपुरमा आयेजित नेकपा (एस) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सबै मिलेर अघि बढ्ने हो भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आफू तयार रहेको बताएका हुन् । 

पूर्वप्रधानमन्त्री नेपालले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तयार हो भने तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ब्युँताउन आफु तयार रहेको स्पष्ट पारे ।

‘नेकपा विप्लव समूहका नेता कमरेड विप्लव आफैँ, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो, हामीले बसेर छलफल गर्‍यौँ, समाजको पक्षमा हामी ४ पार्टी एक ठाउँमा छौँ भने हामी एउटा मोर्चा बनाऔँ, मोर्चा बनाएपछि शक्ति बन्छ, शक्तिको परिचालन गरौँ, सडकमा, संसद्मा जनताको आवाज उठाऔँ, सरकारमा बसेर पनि राम्रो काम गरौँ, नेकपा एसका अध्यक्ष नेपालले भने, 'हामीले छिटै यसबारेमा मिलेर अघि बढ्ने सोच बनाएका छौँ । त्यसैले हाम्रो पार्टी अर्को कुनै पार्टीमा गएर विलय हुनेवाला छैन । कसै कसैलाई लागेको छ, एमालेमा विलय हुन्छ यो l एमालेमा त आफैँ रुवाबासी चलिरहेको छ ।'

पूर्वप्रधानमन्त्री नेपालले भने, 'हामी हुन्छ भने पुरानो पार्टी फेरि ब्युँताउँछौँ । आउनुहोस्, प्रचण्डजीलाई भन्छु म आउनुहोस्, हामी तयार हुन्छौँ, केपीजी तयार हुन्छन् ? नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फेरि ब्युँताऔँ । तर कोहि कोहि मान्छे आफ्नो के हुन्छ भन्ने सोच्न थाल्छन् l मैले कुर्सी छोड्नुपर्ला भनेर ७० वर्षको उमेर हद नै हटाइ दिन्छन् । सल्लाहकार भएर बसे हुँदैन, केटाहरूले राम्रो काम नगरे फेरि आएर जिम्मा लिए भइहाल्छ नि । ७० कटेकालाई हामी त भयो अब आराम गर्नुहोस्, सल्लाहकार भएर बस्नुस् भन्छौँ, मेरो उमेर कटे म पनि बस्छु ।’

अध्यक्ष नेपालले नेपालको राजनीति प्रतिगामी दिशामा लैजाने कोसिस भइरहेको बताए । उनले राजावादीहरूले टाउको उठाउने कोसिस गरे पनि सफल हुन नदिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप