आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डा.राउतको संयोजकत्वमा सहकारी समस्या समाधान कार्यदल गठन

आइतबार, २८ जेठ २०८०, १३ : २१
आइतबार, २८ जेठ २०८०

काठमाडौं । सरकारले सहकारी समस्या समाधानका लागि डा.जयकान्त राउतको संयोजकत्वमा कार्यदल गठन गरेको छ । वैशाख २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका सदस्य डा.राउतको संयोजकत्वमा कार्यदल गठन गरेको हो । 

कार्यदलमा विभिन्न मन्त्रालयका सचिव र सहसचिव, राष्ट्र बैंकको उच्च अधिकारी साथै नेपाल प्रहरीको एसएसपी समेत रहेका छन् । कार्यदलले सहकारीका समस्या पहिचान गरी प्रतिवेदन बुझाउन २ महिनाको समय सीमा पाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप