आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

किन ‘स्लिप डिभोर्स’ लिइरहेका छन् जोडीहरू ?  के हो यो, कहिले र किन आवश्यक ?

आइतबार, २८ जेठ २०८०, १४ : २०
आइतबार, २८ जेठ २०८०

मानिसहरू राम्रो निद्राका लागि सङ्घर्ष गरिरहेका छन्, यो कुनै नौलो कुरा होइन । विशेष गरी जोडीहरू । 

उनीहरू दिनभरि घर–अफिस, बच्चामा व्यस्त भएपछि राती आनन्दले सुत्न चाहन्छन् । कुनै न कुनै बहानाले यस्तो सम्भव हुन सकिरहेको हुँदैन । यस्तोमा ‘स्लिप डिभोर्स’ नै एक मात्र विकल्प बाँकी हुन्छ ।

आज हामी यो नयाँ शब्द ‘स्लिप डिभोर्स’ बारेमा कुरा गर्नेछौँ । यसको अर्थ र फाइदा बुझ्नेछौँ ।

प्रश्न : के हो स्लिप डिभोर्स ?

उत्तर : मिठो निद्राका लागि जब जोडी भिन्न–भिन्न कोठा, बेड वा समयमा सुत्छन् भने यसलाई स्लिप डिभोर्स भनिन्छ ।

प्रश्न: स्लिप डिभोर्सको टाइम पिरियड के हो ?

जवाफ : यसको समय निश्चित हुँदैन । यो स्थितिको आधारमा लामो वा छोटो अवधिका लागि हुनसक्छ । जस्तै – यदि अफिसको प्रोजेक्ट छ र अबेर रातीसम्म सधै काम गरिरहनु भएको छ भने अर्को पार्टनरले स्लिप डिभोर्स लिन सक्छ ।

प्रश्न : के यो युवा जोडीहरूमा मात्र देखिन्छ वा अधबैँसे दम्पतीहरूले पनि स्लिप डिभोर्स अपनाइरहेका छन् ?

जवाफ: होइन । यो प्याटर्न दुवै उमेका जोडीमा देखिएको छ । जस्तै हामीले पहिले नै बताएका थियौँ कि स्लिप डिभोर्स मिठो निद्राका लागि लिने गरिन्छ । निद्राको कमी त कुनै पनि उमेरमा हुनसक्छ ।

प्रश्न: फरक–फरक कोठामा सुत्दा अर्थात् स्लिप डिभोर्सले सम्बन्धमा दुरी बढ्छ वा यसको कुनै फाइदा पनि हुन्छ ?

उत्तरः तपाईंले बुझ्नु पर्छ कि स्लिप डिभोर्सको मतलब तपाईंको सम्बन्ध टुट्दै छ भन्ने होइन । यसको मतलब दम्पतीले बेडमा केही समय सँगै बिताउन सक्दैनन् भन्ने पनि होइन ।  

वास्तवमा, यो ती समयको लागि मात्रै हो जब तपाईं कुनै पनि अवरोध बिना केही घण्टा राम्रो निद्रा पाउन चाहनुहुन्छ ।

कुनै पनि मनोवैज्ञानिक वा डाक्टरले दम्पतीलाई छुट्टै बस्न सल्लाह दिँदैनन् ।

यो कुनै पनि व्यक्तिको व्यक्तिगत छनौट हो । आपसी सहमति र समझदारी मार्फत एक अर्काको आवश्यकतालाई सम्मान गर्न आवश्यक छ ।

निद्रा पूरा भइरहेको छैन ? छुट्टा छुट्टै कोठामा सुत्नुका चार फाइदा

– निद्राको कमीमा सुधार हुनेछ, मिठो निद्रा लाग्नेछ ।

– निद्राको गुणस्तर सुध्रिँदा मानसिक–शारीरिक स्वास्थ्य राम्रो हुनेछ ।

– जोडीले पर्सनल स्पेस पाउनेछन् ।

– सम्बन्ध पहिलेभन्दा बढी बलियो हुनेछ ।

प्रश्न: के स्लिप डिभोर्सले दूरी निम्त्याउँछ ?

जवाफ: त्यस्तो हुँदैन ।  यदि दम्पतीमा समझदारी छ भने स्लिप डिभोर्सले सम्बन्धमा दरार ल्याउन सक्दैन । अर्को व्यक्तिले पनि निद्रा हरेक व्यक्तिको रचनात्मकता र उत्पादकताको लागि आवश्यक छ भनेर बुझ्नेछ ।

मनोवैज्ञानिक र निद्राबारे काम गर्ने कम्पनी ‘स्लिपोपोलिस’ मा स्लिप हेल्थ डाइरेक्टर शेल्बी ह्यारिस भन्छिन्, ‘यस्तो गर्नु तपाईंको सम्बन्ध खराब गर्नु होइन । म पनि कहिले काहीँ जोडीलाई यस्तो गर्न सल्लाह दिन्छु । किनभने यसले वास्तवमा सम्बन्धका साथै उनीहरूको स्वास्थ्यमा पनि सुधार ल्याउँछ ।’

भारतकी मनोविद् रुमा भन्छिन्–

छुट्टाछुट्टै कोठामा सुत्न नजाउन्जेल तपाईंहरु सँगै बस्नुहुन्छ । आफ्नो दुख, सुख र माया बाँड्नुहुन्छ । यस्तो अवस्थामा सम्बन्ध बिग्रने चिन्ता लिनु पर्दैन ।

संयुक्त परिवारमा हुनुहुन्छ भने यस्तो अवस्थामा तपाईंले आफ्नो निर्णय बारे आफ्नो परिवारका सदस्यहरूलाई बताउन सक्नुहुन्छ । तपाईंले आफ्नो समस्या बारे छलफल गर्न सक्नुहुन्छ ताकि त्यहाँ कुनै गलतफहमी नहोस् ।

प्रश्न: मिठो निद्राका फाइदा के छन् ?

उत्तर: अमेरिकन कलेज अफ कार्डियोलोजीका अनुसार मिठो निद्राले मुटुको मात्र होइन सम्पूर्ण शरीरको स्वास्थ्यमा सुधार ल्याउँछ । तथ्याङ्कले यो पनि सुझाव दिन्छ कि लगभग ८ प्रतिशत हृदयाघातको मृत्युको कारण निद्राको खराब ढाँचा हो ।

वास्तवमा, निद्राको कमीले सबैभन्दा पहिले मुटुमा असर गर्छ । कसैलाई निद्रा पुगेको छैन भने उसलाई थकान महसुस हुन्छ । जसका कारण रक्तसञ्चार राम्रोसँग हुन सक्दैन ।

यसपछि मुटुलाई पम्प गर्न निकै मेहनत गर्नुपर्छ । यो अवस्थाले मुटुको काम गर्ने क्षमतालाई कम गर्छ । यसले हृदयाघात र स्ट्रोकको जोखिम बढाउँछ ।

हार्वर्ड मेडिकल स्कुलको मेडिसिनमा क्लिनिकल फेलो डा. फ्र्याङ्क कियान भन्छन्, ‘निद्राले शरीरका सबै अङ्गहरूलाई असर गर्छ । यसले हर्मोन, मेटाबोलिजमदेखि मानसिक स्वास्थ्य र स्मरण शक्तिसम्म सबैलाई असर गर्छ । त्यसैले हरेक डाक्टरले निन्द्रा पुर्याउन सल्लाह दिन्छन् ।’

निद्रा किन आवश्यक छ, तल लेखिएका बुँदाहरूबाट बुझ्नुहोस्...

ऊर्जा पुनर्स्थापना

शरीर र मस्तिष्क रिचार्ज गर्न निद्रा आवश्यक छ । निद्राको कारण, हाम्रो ऊर्जा पुनर्स्थापित हुन्छ र हामी फेरि नयाँ ऊर्जासँग काम गर्न सक्छौँ ।

मेमोरी कन्सल्टेशन

स्मरण शक्ति कायम राख्न निद्रा धेरै महत्त्वपूर्ण छ । त्यसैले अध्ययन गर्ने बालबालिकालाई दिउँसो केही समय र राति समयमै सुत्न सल्लाह दिइन्छ । जसले गर्दा उनीहरूले दिनभर जे पनि सिक्छन्, त्यो लामो समयसम्म सम्झन सक्छन् ।

ग्रोथ हर्मोन

शरीरको वृद्धि राति हुन्छ । अनुसन्धानका अनुसार कम सुत्ने बालबालिकाको उचाइ कम हुन्छ । शरीरको हरेक अङ्गलाई आराम चाहिन्छ । त्यसैले राति सुत्ने समय निश्चित गर्नुपर्छ ।

प्रश्न: यदि कसैले राती ७–८ घण्टा भन्दा कम सुतिरहेको छ भने, यसले के समस्या निम्त्याउँछ ?

उत्तर : यसले धेरै समस्या निम्त्याउँछ । यदि कोही ६ घण्टाभन्दा कम सुतिरहेको छ भने यसले शरीरलाई क्रमशः बिरामी बनाउन सक्छ । उनीहरूलाई थुप्रै रोगको खतरा हुनसक्छ । जस्तै ः

मधुमेह

उच्च रक्तचाप

हृदयाघात

स्ट्रोक

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप