अस्ट्रियाका पूर्वराष्ट्रपति र नेपालका पूर्वपरराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता*
काठमाडौँ । युरोपको भ्रमणमा रहेका पूर्वपरराष्टमन्त्री एवं संघीय सांसद डा. नारायण खडकाले अस्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्वराष्ट्रपति फिसरले कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री बीपी कोइरालासँगको मित्रतालाई स्मरण गरेका हुन् ।
खडकाले बिपी कोइरालाको सरकारको समयमा स्थापित दुई पक्षीय सम्बन्ध विस्तारका लागि पर्यटन, जल विद्युत तथा पर्यावरणको संरक्षणमा सहयोग गर्न अनुरोध गरे । साथै सन १९९८ मा बन्द भएको अष्ट्रियन एयरलाइन्सलाई पुन चालु गर्न अस्ट्रियाको सरकारलाई अनुरोध गरी दिन पनि आग्रह खड्काले गरेका छन् ।
जवाफमा पूर्वराष्ट्रपति फिसरले युक्रेनको संकट र युरोपीको सुरक्षा आदि विषयमा ऐतिहासिक दृष्टिगतका साथ निकै रोचक घटनाहरु उल्लेख गरे । पूर्व राष्ट्रपतिले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाइएका विषयहरुमा सरकारसँग अनुरोध गर्ने आश्वासन दिए । भेटवार्तामा अस्ट्रियाका लागि नेपालका राजदूत भरत रेग्मीको पनि सहभागिता थियो ।
*अस्ट्रिया हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण