सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रियाका पूर्वराष्ट्रपति र नेपालका पूर्वपरराष्ट्रमन्त्री खड्काबीच भेटवार्ता*

आइतबार, २८ जेठ २०८०, १९ : ४९
आइतबार, २८ जेठ २०८०

काठमाडौँ  । युरोपको भ्रमणमा रहेका पूर्वपरराष्टमन्त्री एवं संघीय सांसद डा. नारायण खडकाले अस्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्वराष्ट्रपति फिसरले कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री बीपी कोइरालासँगको मित्रतालाई स्मरण गरेका हुन् ।

खडकाले बिपी कोइरालाको सरकारको समयमा स्थापित दुई पक्षीय सम्बन्ध विस्तारका लागि पर्यटन, जल विद्युत तथा पर्यावरणको संरक्षणमा सहयोग गर्न अनुरोध गरे । साथै सन १९९८ मा बन्द भएको अष्ट्रियन एयरलाइन्सलाई पुन चालु गर्न अस्ट्रियाको सरकारलाई अनुरोध गरी दिन पनि आग्रह खड्काले गरेका छन् । 

जवाफमा पूर्वराष्ट्रपति फिसरले युक्रेनको संकट र युरोपीको सुरक्षा आदि विषयमा ऐतिहासिक दृष्टिगतका साथ निकै रोचक घटनाहरु उल्लेख गरे । पूर्व राष्ट्रपतिले आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै नेपालका लागि उठाइएका विषयहरुमा  सरकारसँग अनुरोध गर्ने आश्वासन दिए । भेटवार्तामा अस्ट्रियाका लागि नेपालका राजदूत भरत रेग्मीको पनि सहभागिता थियो ।

*अस्ट्रिया हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप