बागमती प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक यही जेठ ३२ गते बस्ने भएको छ । बागमती प्रदेशसभा सचिवालय हेटौंडाले सूचना जारी गर्दै प्रदेशसभा बैठक जेठ ३२ गते दिउँसो २ बजे बस्ने जानकारी दिएको हो ।
जेठ १९ गते सरकारको नीति तथा कार्यक्रम पारित गरेपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैठक ३२ गते बस्ने भएको हो ।
असार १ गते बजेट सार्वजनिक गर्नु पूर्व बस्ने उक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षण पेश हुनेछ भने सो आर्थिक सर्वेक्षणमाथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
सचिव खड्काले जेठ ३१ गते दिउँसो २ बजे कार्यपरामर्श समितिको बैठक बसेर बैठकको कार्यसूची तयार पार्ने बताए । उनका अनुसार प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्ने तयारी गरेको र सोही कार्यव्यवस्था परामर्श समितिको बैठकले बजेट सार्वजनिक गर्ने बारेको कार्य सूची समेत निर्धारण गरे सचिव खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी