शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी दूतावासद्वारा निबन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बुधबार, ३१ जेठ २०८०, १७ : ३४
बुधबार, ३१ जेठ २०८०

काठमाडौँ । नेपालस्थित पाकिस्तानी दूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौँ  वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।  प्रतियोगितामा सहभागीलाई राजदूत अबरार एच हाश्मीले पुरस्कार प्रदान गरेका थिए ।

यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क–यसलाई कसरी क्षेत्रीय समृद्धिका लागि प्रयोग गर्न सकिन्छ’ भन्ने थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदकसहित नगद पुरस्कार प्रदान गरिएको दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ  । त्यसपछिका दश उत्कृष्ट विद्यार्थीलाई पनि सान्त्वना नगद पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै ‘हाम्रो जीविकोपार्जनमा जलवायु परिवर्तनको प्रभाव–दक्षिण एसियामा साझा चुनौती’ विषयक वक्तृत्वकला प्रतियोगितामा शीर्ष स्थान हासिल गर्नेहरूलाई पनि स्वर्ण, रजत, कांस्य पदकका साथै नगद पुरस्कार प्रदान गरिएको थियो। त्यसपछिका तेह्र उत्कृष्ट विद्यार्थीहरूले पनि  नगद पुरस्कार प्राप्त गरे।

दुवै प्रतियोगितामा नेपालका ३८ उच्च माध्यमिक विद्यालयदेखि विश्वविद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो । राजदूत हाश्मीले सहभागी विद्यार्थीहरूको प्रतिभाको प्रशंसा गर्दै भविष्यका चुनौतीहरूलाई आत्मसात् गर्न आह्वान गरे।

विगत पाँच र १० वर्षदेखि क्रमशः हरेक वर्ष आयोजना हुने यी दुई प्रतियोगिता नेपाली युवाहरूमाझ  लोकप्रिय रहेको दूतावासको भनाइ छ । 

352851499_781721953508512_4293218058615148483_n353348822_3507237046202430_4121327045905508930_n353845389_1509026519862714_476326784429598206_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप