दुबईमा गोरखाकी अनिताको मृत्यु
बुधबार, ३० फागुन २०७४, १० : ४२
युएई । दुबई अस्पतालमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
गोरखा गण्डकी गाँउपालिका–३ फुजेलकी २५ बर्षीया अनिता खतिवडा राईको उपचारका क्रममा दुबईको लतिफा अस्पतालमा मृत्यु भएको हो ।
३ बर्ष देखि रोजगारीको शिलशिलामा दुबईमा काम गर्दै आएकी अनिता आकस्मिक बिरामी परेपछि दुबईको लतिफा अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार (लिभर) र मृगौला दुबैमा ईन्फेक्सन भएकाले मृत्यु भएको हो ।
आवश्यक प्रकृया पुरा गरी दुताबासमार्फत उनको शब नेपाल पठाउन लागिएको गोरखा सेवा समाज युएईका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए ।
मृतक अनिता २ बर्षीय छोरा अंकित र श्रीमान् अर्जुन खतिवडासँगै दुबईमा बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण