दुबईमा गोरखाकी अनिताको मृत्यु
बुधबार, ३० फागुन २०७४, १० : ४२
युएई । दुबई अस्पतालमा एक नेपाली महिलाको मृत्यु भएको छ ।
गोरखा गण्डकी गाँउपालिका–३ फुजेलकी २५ बर्षीया अनिता खतिवडा राईको उपचारका क्रममा दुबईको लतिफा अस्पतालमा मृत्यु भएको हो ।
३ बर्ष देखि रोजगारीको शिलशिलामा दुबईमा काम गर्दै आएकी अनिता आकस्मिक बिरामी परेपछि दुबईको लतिफा अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार (लिभर) र मृगौला दुबैमा ईन्फेक्सन भएकाले मृत्यु भएको हो ।
आवश्यक प्रकृया पुरा गरी दुताबासमार्फत उनको शब नेपाल पठाउन लागिएको गोरखा सेवा समाज युएईका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए ।
मृतक अनिता २ बर्षीय छोरा अंकित र श्रीमान् अर्जुन खतिवडासँगै दुबईमा बस्दै आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ
-
संसदीय समितिको सभापति गुम्ने डरले मन्त्रालय विभाजन
-
बागमती प्रदेशको संसदीय समितिमा भागबण्डा, कांग्रेसलाई दुई समितिको नेतृत्व
-
मधेस प्रदेशमा जनमतले जसपा नेपाल नेतृत्वको सरकार स्वीकार नगर्ने
-
तेह्रथुममा ढाका महोत्सव सुरु
-
निःसन्तान दम्पतिलाई हार्दिक आईभीएफमा अब १ लाख ९९ हजारमै आईभीएफ सेवा