उपप्रधानमन्त्री श्रेष्ठ र अस्ट्रेलियाका राजदूतबिच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ । बिहीबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेटघाट भएको हो ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिए । राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलिया जस्तो देशबाट साथको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
राजदूत भोल्कले भने नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूलाई खुसी लागेको बताइन् ।
त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदूत सालाउद्दिन नोमन चौधरीबीच भेटवर्ता भएको छ । भेटमा नेपाल र बंगलादेशबीचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत प्रशारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा सावित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।
साथै दुईदेशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफुले बुझेको बताए । राजदूत चौधरीले पनि द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत प्रशारण लाइन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण