मलाई लागेको आरोप प्रमाणित भए भोलि नै राजीनामा दिन तयार छु : प्रस्तावित प्रधानन्यायाधीश कार्की
शुक्रबार, ०१ असार २०८०, १० : ४१
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेको आरोप प्रमाणित भए राजीनामा दिन तयार रहेको बताएका छन् । आज संसदीय सुनुवाइ समितिमा उठेका प्रश्नको जवाफ दिँदै उनले भने मलाई लागेको आरोप प्रमाणित गर्न जुनसुकै निकायबाट छानबिन गराउनुस्, प्रमाणित भए म जुनसुकै पेसा छोडेर बाहिरिन तयार छु । मैले ४० सालदेखि हालसम्म अनियमितता गरेको छैन, प्रमाणित भएमा भोलि नै राजीनामा दिन तयार छु ।
उनले आफू विगतदेखि नै न्यायपालिका शुद्धिकरणका लागि लागेको भन्दै न्यायपालिका शुद्धिकरणका लागि लागिरहने दाबी गरेका छन् ।
उनले भने धेरैले वहालवाला न्यायाधीशको बारेमा प्रश्न उठाउनुभयो त्यसको बारेमा म जवाफ दिन सक्दिन, म न्यायापरिषदको अध्यक्ष मात्र हो अरू ४ जना सदस्य पनि छन् । सम्बन्धित निकायबाट उहाँमाथि छानबिन हुनेमा विश्वस्त छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण