मधेस सरकारले ल्यायो ४४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट
काठमाडौँ । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कूल ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ ।
जसमध्ये चालुतर्फ १८ अर्ब २१ करोड ७६ लाख रुपैयाँ (४१.३० प्रतिशत), पुँजीगततर्फ २५ अर्ब ६९ करोड ७० लाख रुपैयाँ (५८.२५ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २० करोड रुपैयाँ (०.४५ प्रतिशत) विनियोजन गरेको छ ।
यस्तो खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजस्वमार्फत ४ अर्ब ३७ करोड ८१ लाख रुपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडबाट ११ अर्ब ३८ करोड १९ लाख रुपैयाँ, समानिकरण अनुदानबाट ७ अर्ब ४१ करोड ५० लाख रुपैयाँ, बचतबाट १२ अर्ब ९० करोड ११ लाख रुपैयाँ, विशेष अनुदान ४९ करोड रुपैयाँ, समपूरक अनुदान ९८ करोड रुपैयाँ, सशर्त अनुदानबाट प्राप्त हुने ४ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ गरी ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँ बेहोर्दा अपुग हुने २ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट व्यहोरिने प्रदेश सरकारले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
-
अर्थमन्त्रीमाथि छानबिन हुनुपर्छ : ज्ञानेन्द्र शाही
-
फिलिपिन्सको भूकम्पमा मृत्यु हुनेको संख्या १५ पुग्यो, १२९ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण