बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
आदिपुरुष फिल्म संवाद प्रकरण

माफी माग्दै आदिपुरुषको निर्माता कम्पनीले पठायो मेयर बालेनलाई पत्र

आइतबार, ०३ असार २०८०, २२ : २६
आइतबार, ०३ असार २०८०

काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर  बालेन शाहलाई पत्र पठाएर उनले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ । आइतबार सो कम्पनीले इमेलमार्फत पत्र पठाएर मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो ।

कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि मेयर साहले सो शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरको केही घण्टामै कम्पनीले प्रष्टीकरण दिएको हो ।

कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै माफीसमेत मागेको छ । यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ ।

यता बालेनले भने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट नहटाएको भन्दै  काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गर्ने बताएका छन् । शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको बताएका हुन् ।  

सामाजिक सञ्जालमार्फत उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको स्मरण गरेका छन् ।

355033187_1370768060516522_3079136784351286765_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप