माफी माग्दै आदिपुरुषको निर्माता कम्पनीले पठायो मेयर बालेनलाई पत्र
काठमाडौँ । भारतीय चलचित्र आदिपुरुषको निर्माता कम्पनीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई पत्र पठाएर उनले प्रश्न उठाएको चलचित्रको संवादबारे प्रष्टीकरण दिएको छ । आइतबार सो कम्पनीले इमेलमार्फत पत्र पठाएर मेयर शाहलाई पत्र पठाएर प्रष्टीकरण दिएको हो ।
कम्पनीकी राधा दासद्वारा हस्ताक्षरित पत्रमा विवादित संवाद माता सीताको जन्मस्थलसँग सम्बन्धित नभएर आम महिला विशेष गरेर भारतसँग सम्बन्धित रहेको कम्पनीले प्रष्टीकरण दिएको छ । सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरेपछि मेयर साहले सो शब्द नसच्चाएसम्म काठमाडौंमा भारतीय चलचित्र चलाउन नदिने घोषणा गरको केही घण्टामै कम्पनीले प्रष्टीकरण दिएको हो ।
कम्पनीले कुनै पनि किसिमले नेपाली जनताको भावनामा ठेस पुर्याउने चलचित्रको उद्देश्य नरहेको बताउँदै माफीसमेत मागेको छ । यस चलचित्रलाई कलाको रुपमा बुझिदिन र इतिहासलाई धेरै दर्शकसम्म पुर्याउने चलचित्रको उद्देश्यलाई सहयोग गर्न आग्रह समेत कम्पनीले गरेको छ ।
यता बालेनले भने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट नहटाएको भन्दै काठमाडौँ महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शन निषेध गर्ने बताएका छन् । शाहले सामाजिक सञ्जालमार्फत काठमाडौँ महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले आह्वान गरेको स्मरण गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण