शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादी मोर्चा घोषणासभा

ओलीलाई सङ्केत गर्दै माधव नेपालले भने– तर्साउन र घुर्क्याउन मोर्चा बनाएका होइनौँ

सोमबार, ०४ असार २०८०, २३ : ०६
सोमबार, ०४ असार २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई घुर्क्याउन र तर्साउन गठन नगरिएको बताएका छन् ।  सोमबार काठमाडौँमा आयोजित समाजवादी मोर्चाको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाबाट कोही आत्तिनु नपर्ने बताए । 

‘हामीमा कुनै संर्किणता र आग्रह पनि छैन । मैले सुनिरहेको छु–केही केही नेताहरूलाई परेको रहेछ कि यो मोर्चा बन्नुमा दुई वटा कुरा छ । यो मोर्चा कसैलाई तर्साउन र कसैको मुकाबिला गर्न’, अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति सङ्केत गर्दै भने, ‘कसैलाई तर्साउन र मुकाबिला गर्न पनि मोर्चा बनाएको होइन ।’ 

केही दिनअघि एमाले अध्यक्षले मोर्चा घुर्क्याउन र तर्साउन बनाएको भनेर टिप्पणी गरेका थिए । 

उनले सबै सकारात्मक शक्तिलाई एकताबद्ध गर्न मोर्चा बनाएको भन्दै मोर्चाले समाजवाद निर्माणको वातावरण, सुशासन कायम गर्न र विकृतिको अन्त्य गर्न एकताबद्ध भएर अघि बढ्ने सङ्कल्प गरेको बताए । ‘कुनै पार्टीलाई घुर्क्याउन, तर्साउन होइन । ढुक्क हुनुस्, जो समाज आमूल परिवर्तनको पक्षमा छैनन् उनीहरू तर्सिन्छन् । अरू ढुक्कले सुते हुन्छ’, अध्यक्ष नेपालको भनाइ छ ।  नेपालले मोर्चा स्वार्थले नबनेको भन्दै  सिद्धान्तहीन र बिचारहीन पनि नभएको बताए ।

‘यसको प्रस्ट उद्देश्य छ । त्यो उद्देश्य प्रतिगमन र यथास्थितिकाविरुद्ध परिवर्तनका  लागि एकताबद्ध हुने, सम्पूर्ण देशभक्तहरू र समाजवादी शक्तिहरुलाई हामी एकताबद्ध बनाएर लान चाहान्छौं’, नेपालले भने, ‘देशभक्त शक्तिलाई हातेमालो र एकताबद्ध गर्न चाहन्छौ । अध्यक्ष नेपालले लामो समयअघि नै मोर्चा निर्माण गर्ने सोच बनाए पनि निर्वाचन लगायतका कारणले ढिलो हुन पुगेको बताए । उनले विप्लवले आयोजना गरेको पार्टी स्थापनाबाट आफू प्रभावित भएको भन्दै त्यसपछि उनीसहितको शक्तिलाई एकै ठाउँमा गोलबन्द गर्ने प्रयास गरेको बताए । शब्द शब्दमा छलफल गरेर मात्रै मोर्चा गठन गर्न सकिएको भन्दै उनले हाल चार पार्टी मात्रै मोर्चामा भए पनि अन्य पार्टीहरूसँग पनि छलफल भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप