बजेट पुस्तकमा कोशी प्रदेश र लुम्बिनी प्रदेशको नाम हटाएपछि सूर्य थापाको आपत्ति
मङ्गलबार, ०५ असार २०८०, १२ : २६
काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पुस्तकबाट कोशी प्रदेश र लुम्बिनी प्रदेशको नाम हटाएकोमा एमाले सांसद सूर्य बहादुर थापाले आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले ‘तथाकथित’ पहिचानवादीको प्रभावमा सो नाम हटाएको त हैन भन्दै आपत्ति जनाए ।
सांसद थापाले नियमापत्ति जनाउँदै संस्कृति, पर्यटन नथा नागरिक उड्डयन मन्त्रीलाई सो विषयमा संशोधन गर्न भनेको र संशोधन नभई विधेयक आएकोमा आपत्ति जनाए ।
उनले बजेटमा प्रदेशको नाम लेखेर मात्र विधेयक अघि बढाउन आग्रह गरे । उनले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर ५ लेखिएको भन्दै आपत्ति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण