बजेट पुस्तकमा कोशी प्रदेश र लुम्बिनी प्रदेशको नाम हटाएपछि सूर्य थापाको आपत्ति
मङ्गलबार, ०५ असार २०८०, १२ : २६

काठमाडौँ । आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पुस्तकबाट कोशी प्रदेश र लुम्बिनी प्रदेशको नाम हटाएकोमा एमाले सांसद सूर्य बहादुर थापाले आपत्ति जनाएका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले ‘तथाकथित’ पहिचानवादीको प्रभावमा सो नाम हटाएको त हैन भन्दै आपत्ति जनाए ।
सांसद थापाले नियमापत्ति जनाउँदै संस्कृति, पर्यटन नथा नागरिक उड्डयन मन्त्रीलाई सो विषयमा संशोधन गर्न भनेको र संशोधन नभई विधेयक आएकोमा आपत्ति जनाए ।
उनले बजेटमा प्रदेशको नाम लेखेर मात्र विधेयक अघि बढाउन आग्रह गरे । उनले लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश नम्बर ५ लेखिएको भन्दै आपत्ति जनाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : राष्ट्रपति पौडेल
-
स्थानीय, पश्चिमी र बङ्गालबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ वर्षा
-
महाकालीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा