शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

ट्रेड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्षमा कार्कीको उम्मेदवारी

बुधबार, ०६ असार २०८०, ०७ : ४२
बुधबार, ०६ असार २०८०

काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संंस्था नेपाल ट्रेड युनियन कांग्रेसको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्कीले  उम्मेदवारी दिएका छन् । ट्रेड युनियन कांग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा कार्की वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका हुन् । 

महेन्द्रप्रसाद यादवको प्यानलबाट कार्कीले उम्मेदवारी दिएका छन् भने उनको प्रतिपस्पर्धीका रुपमा योगेन्द्रकुमार कुवँरको प्यानलबाट अयोध्याप्रसाद यादव मैदानमा आएका छन् । कार्की वर्तमान कार्यसमितिको उपाध्यक्ष हुन् ।

उनी २०४६ सालको जनआन्दोलन पश्चात् २०४७ सालबाट गठित युनियनको संस्थागत सचिव भएका थिए । २०५० सालमा सम्पन्न अधिवेशनबाट नेपाल खानेपानी संस्थान कर्मचारी संघ केन्द्रीय समिति अध्यक्षमा निर्वाचित भएका कार्की २०५० सालमा सम्पन्न तत्कालीन अन्तर संस्थान कर्मचारी संघको निर्वाचनमा केन्द्रीय महासचिव बने ।

नेपाल ट्रेड युनियन कांग्रेसको तेस्रो महाअधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित उनी चौथो महाअधिवेशनमा उपमहासचिव र छैठौ महाअधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएको थिए ।  नेपाल ट्रेड युनियन कांग्रेस महाधिवेशनमा श्रम अदालत, मजदुर अस्पताल लगायतका मुद्दा बन्दशत्राट पास गरेको कार्कीले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप