अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय कार्यान्वयनमा बेवास्ता गरियो : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय कार्यान्वयनमा बेबस्ता गर्नु जायज नभएको बताए ।
नेता सिंहले सरकारले उक्त निर्णय कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताए । उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ कमजोर बन्दै गएको समेत बताए । उनले अन्तर्राष्ट्रिय ¥याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले १०६ मा झरेको बताए ।
उहाँले भन्नुभयो,‘राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ हुन्छ । नेपालको अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ थियो । अहिले २०२३मा १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरु अपनाउनुपर्ने हो। त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।’
यस्तै समितिको बैठकमा बोल्दै कांग्रेस नेता विमलेन्द्र निधीले राहदानीमा राजनीतिक व्यक्तिहरुका लागि अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन आवश्यक रहेको बताए । उनले नेपाली राहदानीमा राजनीतिक गर्ने व्यक्तिहरुले सांसद वा अन्य कुनै प्रोफेसन लेख्ने प्रणाली बनाउनुपर्ने बताए । उनले वर्तमान समयमा अनलाइनबाट अपडेट गरेर अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन सक्ने बताउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण