सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय कार्यान्वयनमा बेवास्ता गरियो : नेता सिंह

बुधबार, ०६ असार २०८०, १५ : ४४
बुधबार, ०६ असार २०८०

काठमाडौँ । नेपाली  कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले अन्तर्राष्ट्रिय स्तरको राहदानी बनाउने निर्णय कार्यान्वयनमा बेवास्ता गरेको बताएका छन् ।  

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्दै उनले  सरकारले विद्युतीय राहदानी लागू गर्ने निर्णय कार्यान्वयनमा बेबस्ता गर्नु जायज नभएको बताए । 

नेता सिंहले सरकारले उक्त निर्णय कार्यान्वयनमा तदारुकता नदेखाउँदा जनताले समस्या भोग्नुपरेको बताए । उनले नेपाली राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ कमजोर बन्दै गएको समेत बताए । उनले  अन्तर्राष्ट्रिय ¥याङ्किङ २०२१ मा १०१ रहेकोमा अहिले  १०६ मा झरेको बताए ।  

उहाँले भन्नुभयो,‘राहदानीको अन्तर्राष्ट्रिय र्याङ्किङ हुन्छ । नेपालको अन्तर्राष्ट्रिय र्याङ्किङ २०२१ मा १०१ थियो । अहिले २०२३मा  १०६ मा झरेको छ । अन्तर्राष्ट्रिय मुलुकमा नेपालको इमेज गइरहेको छ । नेपालको इमेजको बुस्ट गर्नुको लागि के कस्ता उपायहरु अपनाउनुपर्ने हो।  त्यसमा परराष्ट्र मन्त्रालयको ध्यान गएको छ की छैन ।’

यस्तै समितिको बैठकमा बोल्दै  कांग्रेस नेता विमलेन्द्र निधीले राहदानीमा राजनीतिक व्यक्तिहरुका लागि अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन आवश्यक रहेको बताए ।  उनले नेपाली राहदानीमा राजनीतिक गर्ने व्यक्तिहरुले सांसद वा अन्य कुनै प्रोफेसन लेख्ने प्रणाली बनाउनुपर्ने बताए ।   उनले वर्तमान समयमा अनलाइनबाट अपडेट गरेर अन्तर्राष्ट्रिय प्रणाली सुहाउँदो बनाउन सक्ने बताउनु पर्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप