विपद् प्रभावितका लागि हेलिकप्टरबाट राहत सामग्री ढुवानी
काठमाडौँ । पूर्वी नेपालको बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री र घाइते बिरामीका लागि उपचार सामग्री ढुवानी गर्न थालिएको छ । ताप्लेजुङको सिदिङ्गवा गाउँपालिका–६, मेहेलेमा विस्थापित नागरिकलाई वितरण गर्ने राहत सामग्री एवं घाइते÷बिरामीको उपचारका लागि औषधिजन्य सामग्री विराटनगरबाट नेपाली सेनाको हेलिकप्टरद्वारा ढुवानी गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
मेहेलेमा गएको पहिरोमा परी निधन भएका दुई सर्वसाधारणको शव हेलिकप्टरबाट झापा पु¥याई आफन्तलाई बुझाइएको छ भने घाइते एक जनालाई पनि सोही हेलिकप्टरद्वारा आज उद्धार गरिएको नेपाली सेनाले जानकारी दिएको छ ।
ताप्लेजुङ, पाँचथर तथा सङ्खुवासभा जिल्लाका बाढी तथा पहिरो प्रभावित इलाकामा आज चौथो दिन पनि नेपाली सेनाका स्थानीय युनिटबाट परिचालित फौजका साथै अन्य निकायसँगको समन्वयमा खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
-
कतै वर्षा त कतै चर्को घाम : भैरहवा र जनकपुरमा अधिकतम तापक्रम ३८ डिग्री पुग्ने
-
अवैध रूपमा नेपाल छिर्दै गरेका एक बङ्गलादेशी नागरिक पक्राउ
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण