बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

थारू रत्न तथा थारू गौरवबाट विभिन्न ११ व्यक्ति सम्मानित

रातोपाटीकर्मी कृष्णराज सर्वहारीलाई थारू गौरवबाट सम्मान
बिहीबार, ०७ असार २०८०, ०९ : ३३
बिहीबार, ०७ असार २०८०

काठमाडौं । थारू आयोगले थारू समुदायका लागि योगदान दिने ११ जनालाई थारू रत्न तथा थारू गौरवबाट सम्मान गरेको छ । 

बुधबार थारू आयोगले  औपचारिक कार्यक्रम गरी सम्मान गरेको हो । थारू रत्नले सम्मनित हुनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका फिजिसियन डा राजन पाण्डे, थारू संस्कृतिविद्द्वय महेश चौधरी र भुलाई चौधरी तथा महिला सशक्तीकरणअन्तर्गत सुनसरीस्थित फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन् ।

त्यस्तै, थारू गौरव सम्मानअन्तर्गत पत्रकारिता विधामा रातोपाटीकर्मी कृष्णराज सर्वहारी, खेल विधामा जयरानी थारू, साहित्य विधामा बमबहादुर थारू, कृषि तथा पर्यटन विधामा कृषि पर्यटन तथा भिलेज रिसोर्ट एन्ड रिसर्च प्रालि, कमलरी अभियन्ता उर्मिला चौधरी, गायकद्वय गीता चौधरी र राज कुश्मी ७ जना सम्मानित भएका छन्् ।
सम्मानित हुनेहरुलाई सम्मान पत्रका साथै बुद्धको मूर्ति प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मनित हुनेहरु डा राजन पाण्डे, भुलाई चौधरी, कृष्णराज सर्वहारी, उर्मिला चौधरी, राज कुश्मी तथा फरवार्ड माइक्रो फाइनान्सको तर्फबाट संघीय सांसद भगवती चौधरीले आआफ्नो मन्तव्य राखेका थिए । 

थारू आयोगका अध्यक्ष विष्णु चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा आयोगका सदस्य डा उमाशंकर प्रसाद चौधरीले २०७८ सालको जनगणनामा थारू जातिको जनसंख्या तथा भाषाबारे प्रस्तुति दिएका थिए । यस पालीको जनसंख्यामा राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा थारूको जनसंख्या प्रतिशत घटेको छ । 

राना थारूलाई अलग भाषी, जातिमा सूचीकरण गरिएकोमा यसलाई सच्याउन थारू आयोगले यसअघि नै विज्ञप्ती जारी गरिसकेको छ ।  

tharu gaurab1
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप