विपद् व्यवस्थापनका लागि देशका ११ स्थानमा मानवीय सहायतास्थल र आपत्कालीन भण्डारण स्थापना
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताएका छन् ।
बिहीवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेको पनि बताए । उनले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषद्मा पठाइसकेको बताए ।
उनले हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाडौंमा एक, गरी तीन वटा हेलिकप्टर, एवं एमवाईवानसेभेन, स्काइ ट्रक एक, सानो हेलिकप्टर एक काठमाडौंमा तयारी अवस्थामा राखिएको बताए । एउटा एमआई सेभेन्टिन र एक स्काइ ट्रक भरतपुरमा किनेर पठाउने तयारी गरिरहेको बताए ।
उनले भने, ‘यो प्रतिकार्य योजनासँगै हामीले स्ट्याण्डबाइ मेकानिजम बनाएका छौँ गृह मन्त्रालयमा सहसचिवकै नेतृत्वमा मनसुन अवधिको लागि कमान पोस्ट गठन गरिएको छ । सुरक्षा निकायलाई सबैतिर परिचालन गर्नका लागि समन्वयात्मक अवस्थामा तयारी रहन जिल्ला प्रशासन कार्यालय र जिल्लास्तरीय विपद् विपद् व्यवस्थापन समितिलाई निर्देशन दिएका छौँ । हरेक सुरक्षा निकायले यस सम्बन्धमा आफ्नो आफ्नो ट्रेन टुकडी जिल्ला जिल्लामा तयार गरेर राखेको छ । र अहिले ११ स्थानहरुमा हामीले मानवीय सहायता गराउनका निम्ति मानवीय सहायता स्थल आपत्कालीन भण्डारणको स्थापना गरिएको छ । त्यसलाई बिस्तार गर्दै लगिनेछ । २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेका छौँ । आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामग्री खरिद गरी जिल्ला सुरक्षा परिषद् लगायतमा पठाइएको छ । हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाडौंमा एक, गरी तीन वटा हेलिकप्टर, एवं एमवाईवानसेभेन, स्काइ ट्रक एक, सानो हेलिकप्टर एक काठमाडौंमा तयारी अवस्थामा राखिएको छ । अझै हामीले अर्को एउटा एमआई सेभेन्टिन र स्काइ ट्रक एक भरतपुरमा थप्ने योजना बनाएका छौँ ।’
मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले मनसुन अवधिको लागि कमान पोस्ट गठन गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण