घाटामा नुन कारोबार गर्दै साल्ट ट्रेडिङ
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले कम्पनीले घाटा सहेर नुनको कारोबार गरिरहेको बताएकी छन् ।
आर्थिक अभियानसँगको कुराकानीमा उनले भनिन्, 'नुनको कारोबारमा धेरै घाटा छ । दुर्गममा त झन् बढी घाटा छ ।' नुनको घाटा कम्पनीले अन्य व्यवसायबाट परिपूर्ति गर्ने गरेको श्रेष्ठको भनाइ छ ।
साल्ट ट्रेडिङ नेपालमा सबैभन्दा पहिले खुलेको पब्लिक कम्पनी हो । देशभर आयोडिनयुक्त नुनको आपूर्ति साल्ट ट्रेडिङमार्फत भइरहेको छ । अहिले ६ महीनालाई पुग्ने नुन मौज्दात रहेको पनि श्रेष्ठले बताइन् ।
साल्ट ट्रेडिङले अनुदान र गैरअनुदानको मल पनि आयात गर्छ । नेपालमा वार्षिक ५ लाख मेट्रिक टन मल आवश्यक पर्छ । अहिले ६०/७० हजार मेट्रिक टन मात्रै मौग्दात छ । तर, सीईओ श्रेष्ठले सबै किसानले मल पाउने भन्दै ढुक्क हुन आग्रह गरिन् ।
सीईओ श्रेष्ठका अनुसार सरकारले विभिन्न जिल्लामा मलको कोटा छुट्टयाएको हुन्छ । त्यही अनुसार कर्पोरेशनले मल पुयाउँछ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङका वडाध्यक्ष र सदस्य पक्राउ
-
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग
-
जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक
-
रास्वपाको ‘प्रदेश सभाको खारेज’ प्रस्तावको विरोधमा कांग्रेस, एमाले र नेकपा
-
रास्वपा अधिवेशन लम्बिँदा औषधि परामर्श परिषद्को बैठक अन्योलमा
-
कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण