नाफा कमाउने क्रम बढ्दा सेयर बजार अलमलमा
यो साता सेयर बजार अस्थिर देखिएको छ । साताको पाँच कारोबार दिनको विश्लेषण गर्दा बजार अस्थिरता देखिएको हो। नाफा कमाउन खोज्ने लगानीकर्ताको मुडका कारण बजार अलमलमा देखिएको हो ।
साताको पहिलो र दोस्रो दिन बढेको सेयर बजार बिहीबारबाहेक अन्य दिनमा पुनः गिरावट भएको थियो। विहीवार भने बजार केही अंकले बढेको छ ।
जेठ ३२ गते (बिहीबार) २०४२.०७ अंकमा पुगेको नेप्से परिसूचक यो साताको पहिलो दिन आइतबार २०९४.४० बिन्दुमा पुग्यो । यो सातामा सर्वाधिक उचाइमा नेप्से आइतबार नै पुगेको हो, जुन झण्डै २१ सय हाराहारी हो।
यो वृद्धिले निरन्तरता भने पाउन सकेन आगामी आर्थिक वर्षको बजेटले सेयर बजारलाई सकारात्मक सन्देश दिएको र अर्थमन्त्रीले पनि सेयर बजारका विवादित विषयहरूमा प्रष्टीकरण दिएकाले लगानीकर्ताको मनोबल बलियो बनेको विश्लेषण भएको थियो ।
लगानीकर्ताले मनोबल बढेको भन्दै गर्दा सोमवारदेखि पुनः नेप्से परिसूचक घट्न थाल्यो । सोमबार २०९१.४० विन्दुमा पुगेको नेप्से परिसूचक मंगलवार २०६४.८३ र बुधवार २०५०।७९ मा भन्यो ।
साताको अन्तिम कारोवार दिन बिहीबार भने परिसूचक २०५५.५३ विन्दुमा पुगेको छ । यो समाचार कारोबार दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण