आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

‘परस्त्री’ युनिटलाई मुम्बईमा सम्मान

सोमबार, ११ असार २०८०, ११ : ०४
सोमबार, ११ असार २०८०

काठमाडौँ । सुरज पाण्डे निर्देशित ‘परस्त्री’ युनिट अहिले मुम्बईमा छ । फिल्मको भारत रिलिज तथा प्रचार प्रसारका लागि भन्दै निर्माण युनिट केही दिन भारत पुगेको हो ।

निर्मात्री शर्मिला पाण्डे, निर्देशक सुरज पाण्डे, अभिनेत्री शिल्पा मास्के, गौरव विष्ट लगायत कलाकार अहिले भारत पुगेका छन् । आइतबार निर्माण टिमलाई मुम्बईमा संयुक्त नेपाली महासंघ मुम्बई भारतले एक कार्यक्रमका बीच सम्मान तथा सत्कार गरेको छ ।

कार्यक्रममा निर्माण युनिटले मुम्बईमा पत्रकार सम्मेलन गर्दै फिल्मको कथावस्तु र भारत प्रदर्शनको उद्देश्य बारेमा अन्तर्क्रिया गरेको छ । विवाह इत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक सङ्कटको कथावस्तुमा निर्माण भएको फिल्ममा नीरज कँडेलको छायाङ्कन रहेको छ ।

फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।

शर्मिला पाण्डे र दीपेन्द्र के खनाल निर्माता रहेको फिल्मका लेखक खनाल नै हुन् । फिल्मलाई जीजीए ग्रुप र डीसीएनले वितरण गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप