हजका लागि १६ लाख ५५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्बी साउदी पुगे
सोमबार, ११ असार २०८०, १६ : ३३
रियाद । हजका लागि हालसम्म १६ लाख ५५ हजार मुस्लिम धर्मावलम्बीहरू साउदी अरब पुगेका छन् । साउदीको पासपोर्ट महानिर्देशनालयका अनुसार शनिबारसम्म १६ लाख ५५ हजार १८८ जना विदेशी हज गर्न लागि त्यहाँ पुगेका हुन् ।
निर्देशनालयका अनुसार यसमध्ये १५ लाख ८७ हजार ५९० जना विमानबाट आएका हुन् भने ६९ हजार ७६८ जना सडकमार्ग तथा ६ हजार ८३० जना समुद्री मार्गबाट साउदी आइपुगेका छन् । कोभिड महामारीपछि पहिलोपटक बिना कुनै प्रतिबन्ध हज आयोजना हुँदैछ ।
यस वर्षको हज यात्रा २१ मेबाट सुरु भएको थियो । साउदी अधिकारीहरूले यो वर्ष करिब २० लाख धर्मावलम्बीहरूले हज यात्रा गर्ने अनुमान गरेका छन् । इस्लाम धर्ममा ५ फर्जमध्ये एक फर्ज हज हो । बाँकी चार फर्जमा कलमा, रोजा, नमाज र जकात पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण