हजका लागि १६ लाख ५५ हजारभन्दा बढी मुस्लिम धर्मावलम्बी साउदी पुगे
सोमबार, ११ असार २०८०, १६ : ३३

रियाद । हजका लागि हालसम्म १६ लाख ५५ हजार मुस्लिम धर्मावलम्बीहरू साउदी अरब पुगेका छन् । साउदीको पासपोर्ट महानिर्देशनालयका अनुसार शनिबारसम्म १६ लाख ५५ हजार १८८ जना विदेशी हज गर्न लागि त्यहाँ पुगेका हुन् ।
निर्देशनालयका अनुसार यसमध्ये १५ लाख ८७ हजार ५९० जना विमानबाट आएका हुन् भने ६९ हजार ७६८ जना सडकमार्ग तथा ६ हजार ८३० जना समुद्री मार्गबाट साउदी आइपुगेका छन् । कोभिड महामारीपछि पहिलोपटक बिना कुनै प्रतिबन्ध हज आयोजना हुँदैछ ।
यस वर्षको हज यात्रा २१ मेबाट सुरु भएको थियो । साउदी अधिकारीहरूले यो वर्ष करिब २० लाख धर्मावलम्बीहरूले हज यात्रा गर्ने अनुमान गरेका छन् । इस्लाम धर्ममा ५ फर्जमध्ये एक फर्ज हज हो । बाँकी चार फर्जमा कलमा, रोजा, नमाज र जकात पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत सुत्केरीको सङ्ख्या बढाउन नगरपालिकाको ‘कोसेली’
-
९७ वर्षमा लालुदेवीले पाइन् नागरिकता
-
भारतले कच्चा तेलमा भन्सार शुल्क घटायो, नेपालमा कस्तो पर्ला असर ?
-
कन्याम–पञ्चकन्या खानेपानी योजनाको काम चाँडो सम्पन्न नगरे ठेक्का रद्द गर्छौँ : मन्त्री यादव
-
रहेनन् कलाकार घनश्याम गौतम
-
बुटवल–गोरुसिङ्गे सडक विस्तार : शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति