पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने, दर्शनार्थीलाई नरोकिने
बुधबार, १३ असार २०८०, ०८ : ३०
काठमाडौँ । गत आइतबार अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ ।
जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोसले जानकारी दिएको छ । यद्यपि मन्दिर परिसर भित्रको उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले धर्मावलम्बीहरूलाई जान दिएका छैनन् ।
यसअघि गत आइतबार जलहरी निकाल्ने क्रममा मन्दिर परिसरमा भक्तजनलाई रोक लगाइएको थियो । जलहरीमा सुनको मात्र ठिक भए नभएको विषयको अन्तिम निष्कर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक गरिसकेको छैन ।




Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण