केरुङ्गा खोलाको सीमाङ्कन सुरु, अवैध संरचना हटाइने
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सार्वजनिक जमिन संरक्षणको कार्यलाई निरन्तर अघि बढाइने बताएकी छन् । केरुङ्गा खोला सीमाङ्कन कार्यको बिहीबार उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा अतिक्रमित जमिनको संरक्षणमा कटिबद्ध रहेको उल्लेख गरेकी हुन् ।
भरतपुर महानगरभित्र रहेका दुई नदी पुङ्गी र केरुङ्गा, सिँचाइका जमिन, नारायणी किनारको जमिन, सडक क्षेत्राधिकार पर्ने सार्वजनिक जमिनलाई संरक्षण गर्ने कार्य निरन्तर अघि बढ्ने उनको भनाई थियो । सार्वजनिक जग्गा बनेका अवैध संरचनाको पहिचान गरी हटाउने कार्यलाई महानगरपालिकाले प्राथमिकता राखेको प्रमुख दाहालले जिकिर गरिन् । व्यक्ति विशेष वा संस्थाले ओगटेको सार्वजनिक सम्पत्तिलाई संरक्षण गर्न क्षेत्रगत समिति गठन भएको उनले जानकारी दिइन् ।
सार्वजनिक जमिन संरक्षणसँगै हरियाली प्रवर्धनसहित पर्यटकीय पूर्वाधार निर्माण हुने उनको भनाई छ । करुङ्गा खोलाको सीमाङ्कनको कार्य बिहीबारदेखि सुरु भएको छ । भरतपुर ५ र ६ को सीमानामा पर्ने पुलबाट सीमाङ्कनको कार्य सुरु भएको हो । सीमाङ्कन कार्यको उद्घाटन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले गरे । अहिले पुङ्गी खोलाको सीमाङ्कनको काम भइरहेको छ ।
केरुङ्गा खोला संरक्षण समितिका संयोजक तथा उपप्रमुख चित्रसेन अधिकारीले प्रक्रिया पुरा गरेर सार्वजनिक जमिनलाई संरक्षण गरिने बताए । संरक्षण पश्चात् यसको सौन्दर्यीकरण गर्ने काममा लाग्ने उनको भनाई थियो । केरुङ्गा खोलाको सीमाङ्कनको कार्य निरन्तर अघि बढ्ने इन्जिनियर शिवहरि अधिकारीले जानकारी दिए ।
केरुङ्गा खोलाको सौन्दर्यीकरण तथा पूर्वाधार निर्माणका लागि रु १४ करोड विनियोजन भएको छ । केरुङ्गा खोलाको गुरुयोजनाअनुसार यसको सौन्दर्यीकरण गर्न रु ३ अर्ब रुपैयाँ बढी लाग्ने छ । यसमा डुङ्गा चलाउन मिल्ने गरी दायाँ बायाँ साइकल ट्रयाक र ठाउँठाउँमा पार्क हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण