नेपालको प्रजनन दर घट्दै, विज्ञहरू चिन्तित
काठमाडौँ । पछिल्लो सर्वेक्षणअनुसार नेपालको प्रजनन दर शून्य दशमलव २ प्रतिशतले घटेपछि त्यो प्रतिस्थापनको तहमा पुगेको विज्ञहरूले औँल्याएका छन् । जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकले नेपालको प्रजनन दर अघिल्लो सर्वेक्षणभन्दा शून्य दशमलव २ प्रतिशतले घटेको देखिएपछि विज्ञहरूले सरकारलाई विभिन्न सुझाव दिन थालेका छन् । यसअघि सन् २०१६ को सर्वेक्षणमा प्रतिमहिला जन्मदर २.३ थियो । योभन्दा अघिदेखि नै यो दर घट्दै गएर अहिलेको तहमा आइपुगेको हो ।
तथ्यांकअनुसार सन् २०११ मा नेपालको प्रजनन दर २.६ थियो । त्यसअघि सन् २००६ मा ३.१, सन् २००१ मा यो दर ४.१ र सन् १९९६ मा यो ४.६ थियो । पछिल्लो डेढ दशकको अन्तरालमा प्रजनन दर घट्दै गएर प्रतिस्थापन दरमा पुगेको विज्ञहरूले औँल्याएका छन् । परिवार कल्याण महाशाखाका पूर्वखोप शाखा प्रमुख डा. झलक गौतमले अब जन्मदर घट्न नहुने, घटे देशलाई आवश्यक जनशक्ति नपुग्ने बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग
-
जीतपुरसिमरा उपमहानगरद्वारा १ अर्ब ८७ करोडको बजेट सार्वजनिक
-
रास्वपाको ‘प्रदेश सभाको खारेज’ प्रस्तावको विरोधमा कांग्रेस, एमाले र नेकपा
-
रास्वपा अधिवेशन लम्बिँदा औषधि परामर्श परिषद्को बैठक अन्योलमा
-
कुटपिट र भोकै राखेर श्रम शोषण गरिएका एक नेपालीसहित १२ मजदुरको भारतबाट उद्धार
-
प्रतिनिधिसभाको शुक्रबारको बैठकका लागि सम्भावित कार्यसूची तय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण