बारामा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
काठमाडौँ । बारा जिल्लाको निजगढ र आसपासका क्षेत्र तथा लालबकैया जलाधारको धेरै स्थानमा पछिल्लो ३ घण्टामा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्षेत्रमा थप वर्षा हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
लालबकैया नदी र सो क्षेत्र भई बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्छ, तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुकासम्मै सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
त्यस्तै आज इलाम, झापा, पाँचथर, सङ्खुवासभा, मकवानपुर, बारा, पर्सा र आसपास भई बहने केही स(साना नदीहरूमा जलसतह बढ्ने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने महाशाखाको पूर्वानुमान छ । यी जिल्लाहरूका तटीय क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । कोशी र सुदूरपश्चिम प्रदेशको केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी हवाई आक्रमणको जवाफमा इरानद्वारा बहराइन र कुवेतमा ड्रोन तथा मिसाइल प्रहर
-
ट्राफिक नियमको नाममा नागरिकलाई मात्र दण्डित गर्ने होइन, राज्यलाई पनि जबाफदेही बनाउनुपर्छ : ज्ञानबहादुर शाही
-
नर्भिकको आयोजनामा अन्तर्राष्ट्रिय न्युरो-अन्कोलोजी सम्मेलन ‘न्युरोअन २०२६’ सम्पन्न
-
युद्ध फेरि सुरु भयो भने इरानको अस्तित्व रहने छैन : ट्रम्प
-
तेस्रो स्थानमा रहेर पनि विश्वकपको अन्तिम ३२ मा छनोट भए यी आठ टिम, गोलअन्तरकै कारण बाहिरियो इरान
-
अमेरिकी हवाई आक्रमण युद्धविरामको स्पष्ट उल्लङ्घन : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण