आईसीसी एकदिवसीय विश्वकप छनोट
लगातार विकेट गुमाउँदै नेपाल खराब स्थितिमा
आइतबार, १७ असार २०८०, १८ : ४४
काठमाडौँ । एकपछि अर्को विकेट गुमाउँदै नेपाल यूएईविरुद्धको खेलमा खराब स्थितिमा पुगेको छ । नेपालले २३ ओभरको अन्त्यमा ६ विकेटको क्षतिमा ८४ रनको स्थितिमा रहेको छ ।
अहिले दीपेन्द्रसिंह ऐरी १८ रन बनाएर खेलिरहेका छन् भने गुल्सन झा २ रन बनाएर उनलाई साथ दिइरहेका छन् । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाएका छन् भने ज्ञानेन्द्र मल्लले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
यूएईका लागि मुहमद जवादुल्लाहले ३ विकेट लिएका छन् । यसअघि पहिलो ब्याटिङ गरेको यूएई १ सय ८१ रनमा अलआउट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण