सचिव बैठकमा आक्रोश : ‘एसम्यान’ बन्दा प्रशासन संयन्त्र ध्वस्त भयो
काठमाडौं । लामो समयदेखि अवरुद्ध हुँदै आइरहेको सचिव बैठकमा सरकारका केही सचिवहरूले आक्रोश पोखे । डा. बैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उनले गत शुक्रवार पहिलोपटक आफ्नै अध्यक्षतामा सचिव बैठक राखेर सुझावहरू लिनुका साथै केही निर्णयहरू पनि गराए ।
यसअघिका मुख्य सचिव शंकरदास वैरागीले पछिल्ला महिनामा सचिव बैठक नियमित राख्न सकेका थिएनन् । प्रत्येक महिना बसेर महत्वपूर्ण निर्णय लिनुपर्ने सचिव बैठक केही महिनादेखि अवरुद्ध हुँदै आएको थियो । तर, मुख्य सचिव अर्यालले हरेक महिनाको पहिलो सोमबार सचिव बैठक बस्ने निर्णय गराएर बैठकलाई निरन्तरता दिलाएका छन् । यद्यपि, मुख्य सचिव अर्यालले सचिवहरूको पहिलो बैठकमा नै कडा प्रश्नहरूको सामना गर्नुपरेको छ ।
६० जनाभन्दा बढी सचिवहरू सहभागी सो बैठकमा केही सचिवहरूले प्रशासनिक नेतृत्व राजनीतिक नेतृत्वको लाचार छाया र एसम्यानबन्दा प्रशासनिक संयन्त्र ध्वस्त बनेको टिप्पणी गरे । उनीहरूले मुख्य सचिव अर्याललाई एसम्यान नबन्न र प्रशासनिक संयन्त्रलाई कोमामा पुग्नबाट बचाउन सुझाव दिए ।
केही सचिवहरूले सचिवहरूकै विरुद्ध समेत आक्रोश पोखे । बैठकमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकृतका अनुसार प्रधानमन्त्री कार्यालयकै एक सचिवले मन्त्रीको चाकडी र चाप्लुसीमा रमाउने सचिवहरूले प्रशासनको साख गिराएको भन्दै आपत्ति व्यक्त गरे । ‘योग्यता र क्षमताबिना नै महत्वपूर्ण र संवेदनशील मन्त्रालयमा जान खोज्ने र त्यहाँ गएर मन्त्रीको एसम्यान बन्दै भ्रष्टाचारलाई संस्थागत गर्ने काम सचिवले गर्नु चिन्ताजनक र आपत्तिजक छ’ –प्रधानमन्त्री कार्यालयका ती सचिवले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण