रिभर्स रिपोमा मागभन्दा बढीको आवेदन
काठमाडौं । बजारको अधिकतरलता उठाउन नेपाल राष्ट्र बैंकले मंगलवार जारी गरेको रिभर्स रिपोमा मागभन्दा बढीका लागि आवेदन परेको छ । केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपोका लागि बोलकबोल आह्वान गरेकोमा २८ अर्ब ८० करोड रुपैयांका लागि आवेदन परेको छ ।
मंगलवारको रिभर्स रिपोमा ११ ओटा बैंक तथा वित्तीय संस्थाले ६१ ओटा बोलकबोल पेश गरेका थिए । जसमा अधिकत ५ दशमलव ३७ प्रतिशत र न्यूनतम ४ दशमवल ४९ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ५ दशमलव शून्य ५ प्रतिशत ब्याजदर कायम भएको छ ।
चालू आर्थिक वर्ष (आव) मा जारी भएको यो तेस्रो रिभर्स रिपो हो । चालू आवको माघमा ५ अर्बको रिभर्स रिपो जारी भएकोमा असारको ७ र १० गते गरी २३ अर्ब १० करोड रुपैयाँ बराबरको जारी भएको थियो ।
मौद्रिक नीतिमा अन्तरबैंक कारोबारको औसत ब्याजदर नीतिगत दरको तुलनामा २ प्रतिशतभन्दा बढी बिन्दुले तलमाथि भएमा रिपो र रिभर्स रिपो जारी गर्ने प्रावधान छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
-
सरकारले अघि बढायो घरमै बसेर कैद भुक्तानी गर्न सकिनेसम्बन्धी कानुन निर्माण प्रक्रिया (मस्यौदासहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण