शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जहरसिंहपौवामा हाप्किडो राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिवृद्धि तथा आत्मरक्षा तालिम हुँदै

बुधबार, २० असार २०८०, ११ : ००
बुधबार, २० असार २०८०

काठमाडौँ  । काठमाडौँको जहरसिंह पौवामा नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम हुँदैछ । बुधबार शंखरापुर नगरपालिका–०३ जहरसिङ पौवा स्थित श्री कालिकाशरण माध्यामिक विद्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुन लागेको विजयकुमारी वाइवाले जानकारी दिइन् । 

तालिममा खेलाडी तथा विद्यार्थीका साथै महिला सहभागितालाई प्राथमिकता राखिएको कार्यक्रमकी संयोजक एवं हाप्किडोकी राष्ट्रिय खेलाडी विजयाकुमारी वाइवाले रातोपाटीलाई जानकारी दिइन् ।  राष्ट्रपति खेलकुद अन्तर्गत अयोजना गर्न लागिएको यस तालिमका सहभागीहरुले महिला क्षमता अभिवृद्धि तथा आत्मरक्षा सम्बन्धि कौशल सिक्ने अवसर पाउने उनले बताइन् । 

उनले भनिन्– ‘तालिममा हाप्किडोका अनुभवी महिला प्रशिक्षकहरु सहभागी हुने छन् । अनुभवी प्रशिक्षकहरुबाट सहभागी खेलाडीहरुले आत्मा रक्षा सम्बन्धि कौशल सिक्ने छन् । यसमा राष्ट्रपति खेलकुद अन्तर्गत महिला सहभागिता अभिवृद्धिको नारा जोडिएकाले महिला सहभागीतालाई जोड दिएका छौं । समग्रमा यस तालिमबाट धेरैभन्दा धेरै महिला खेलाडी तथा विद्यार्थीहरुले आत्मरक्षा सम्बन्धि ज्ञान हासिल गर्ने हामीले अपेक्षा लिएका छौँ ।’ 

मार्शल आट्र्स विधाको हाप्किडो खेल आत्मरक्षा कौशलसँग सम्बन्धित खेल विधा हो । यसका विभिन्न विधामा राष्ट्रिय  तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तथा सेमिनारहरु आयोजना हुँदै आइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप