जहरसिंहपौवामा हाप्किडो राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिवृद्धि तथा आत्मरक्षा तालिम हुँदै
काठमाडौँ । काठमाडौँको जहरसिंह पौवामा नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम हुँदैछ । बुधबार शंखरापुर नगरपालिका–०३ जहरसिङ पौवा स्थित श्री कालिकाशरण माध्यामिक विद्यालयको प्राङ्गणमा कार्यक्रम सञ्चालन हुन लागेको विजयकुमारी वाइवाले जानकारी दिइन् ।
तालिममा खेलाडी तथा विद्यार्थीका साथै महिला सहभागितालाई प्राथमिकता राखिएको कार्यक्रमकी संयोजक एवं हाप्किडोकी राष्ट्रिय खेलाडी विजयाकुमारी वाइवाले रातोपाटीलाई जानकारी दिइन् । राष्ट्रपति खेलकुद अन्तर्गत अयोजना गर्न लागिएको यस तालिमका सहभागीहरुले महिला क्षमता अभिवृद्धि तथा आत्मरक्षा सम्बन्धि कौशल सिक्ने अवसर पाउने उनले बताइन् ।
उनले भनिन्– ‘तालिममा हाप्किडोका अनुभवी महिला प्रशिक्षकहरु सहभागी हुने छन् । अनुभवी प्रशिक्षकहरुबाट सहभागी खेलाडीहरुले आत्मा रक्षा सम्बन्धि कौशल सिक्ने छन् । यसमा राष्ट्रपति खेलकुद अन्तर्गत महिला सहभागिता अभिवृद्धिको नारा जोडिएकाले महिला सहभागीतालाई जोड दिएका छौं । समग्रमा यस तालिमबाट धेरैभन्दा धेरै महिला खेलाडी तथा विद्यार्थीहरुले आत्मरक्षा सम्बन्धि ज्ञान हासिल गर्ने हामीले अपेक्षा लिएका छौँ ।’
मार्शल आट्र्स विधाको हाप्किडो खेल आत्मरक्षा कौशलसँग सम्बन्धित खेल विधा हो । यसका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तथा सेमिनारहरु आयोजना हुँदै आइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण