अधिकांश मन्त्रालयको रिपोर्टकार्ड कमजोर
काठमाडौं । वर्तमान सरकारका अधिकांश मन्त्रालयको कार्यप्रगति विवरण (रिपोर्टकार्ड) कमजोर देखिएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनाको अवधिमा धेरैजसो मन्त्रालयको कार्यप्रगति कमजोर देखिएको भन्दै सचिव बैठकमा समीक्षा भएको छ ।
मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा हालै बसेको सचिवहरूको बैठकले मन्त्रालयको कार्यप्रगति कमजोर रहेको ठहर गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै २१ वटै मन्त्रालयको नियमित अनुगमन गर्ने निर्णय गरेको हो । सचिव बैठकमा गरिएका १२ वटा निर्णय मध्ये पहिलो निर्णयमा मन्त्रालयहरूको अनुगमन गर्ने निर्णय भएको छ ।
सो बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको एकीकृत अनुगमन प्रणालीमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तथा कार्यक्रमको माइलस्टोनसहितको कार्ययोजना सबै मन्त्रालय तथा केन्द्रीय स्तरका निकायले यथाशीघ्र प्रविष्ट गर्नुपर्ने निर्णय गरेको छ ।
एक सचिवका अनुसार अधिकांश मन्त्रालयको कार्यप्रगति कमजोर देखिएकाले समीक्षा गर्दै मालस्टोन तयार पारेर पेस गर्ने र त्यसको नियमित अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट गर्ने निर्णय गरिएको हो ।
यसअघि धेरै पटक भएका सचिव बैठकका धेरै निर्णयहरूअलपत्र पर्ने गरेका थिए । त्यसैले यसपटक पनि लामो समयपछि बसेको सचिव बैठकको निर्णय कार्यान्वयन हुन्छ वा हुँदैन भन्नेमा आशंका रहे पनि त्यो भने हेर्न बाँकी नै छ ।
अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर भएकाले सरकारको प्रभावकारिता देखिन नसकेको बताइएको छ । यस विषयमा प्रधानमन्त्रीले समेत मुख्य सचिवसँग चासो लिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
-
सरकारले अघि बढायो घरमै बसेर कैद भुक्तानी गर्न सकिनेसम्बन्धी कानुन निर्माण प्रक्रिया (मस्यौदासहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण