चीन पुगेकी अमेरिकी अर्थमन्त्रीले दुई देशको सम्बन्धबारे दिइन् यस्तो बयान
आइतबार, २४ असार २०८०, १० : ०२
अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चीन र अमेरिकाबीचको सम्बन्ध सुदृढीकरणतर्फ अघि बढिरहेको बताएकी छिन् । बेइजिङमा विश्वका दुई ठुला अर्थतन्त्र चीन र अमेरिकाबीच भएको १० घण्टा लामो बैठकपछि जेनेटले सो कुरा बताएकी हुन् ।
जेनेट येलेनले अमेरिका र चीनबीचको भिन्नता भए पनि आफूले दुई देशबीचको सम्बन्धलाई द्वन्द्वको दृष्टिकोणबाट नहेर्ने र यो सम्बन्धको बाटो पूर्वनिर्धारित नभएको बताएकी छिन् ।
गत महिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि चीनको भ्रमण गरेका थिए । अहिले अर्थमन्त्री यहाँ पुगेर वार्ता गरिरहेकी छिन् । अमेरिकामा, राष्ट्रपति जो बाइडेनको प्रशासन उच्च स्तरमा चीनसँग निरन्तर सम्पर्क राख्न चाहन्छ । पत्रकारहरूसँग कुरा गर्दै जेनेट येलेनले सुरक्षाका विषयमा तनाव बढेको बेला यो आवश्यक पनि भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण