आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चीन पुगेकी अमेरिकी अर्थमन्त्रीले दुई देशको सम्बन्धबारे दिइन् यस्तो बयान

आइतबार, २४ असार २०८०, १० : ०२
आइतबार, २४ असार २०८०

अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चीन र अमेरिकाबीचको सम्बन्ध सुदृढीकरणतर्फ अघि बढिरहेको बताएकी छिन् । बेइजिङमा विश्वका दुई ठुला अर्थतन्त्र चीन र अमेरिकाबीच भएको १० घण्टा लामो बैठकपछि जेनेटले सो कुरा बताएकी हुन् । 

जेनेट येलेनले अमेरिका र चीनबीचको भिन्नता भए पनि आफूले दुई देशबीचको सम्बन्धलाई द्वन्द्वको दृष्टिकोणबाट नहेर्ने र यो सम्बन्धको बाटो पूर्वनिर्धारित नभएको बताएकी छिन् । 

गत महिना अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि चीनको भ्रमण गरेका थिए । अहिले अर्थमन्त्री यहाँ पुगेर वार्ता गरिरहेकी छिन् । अमेरिकामा, राष्ट्रपति जो बाइडेनको प्रशासन उच्च स्तरमा चीनसँग निरन्तर सम्पर्क राख्न चाहन्छ । पत्रकारहरूसँग कुरा गर्दै जेनेट येलेनले सुरक्षाका विषयमा तनाव बढेको बेला यो आवश्यक पनि भएको बताइन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप