तिब्बत एयरलाइन्सले काठमाडौँ उडान गर्ने
काठमाडौँ । तिब्बत एयरलाइन्सले सियान–काठमाडौँ–सियान रुटमा सिधा उडान सुरु गर्ने भएको छ । एयरलाइन्सले असार २८ गतेदेखि हप्ताको दुई दिन काठमाडौँ उडान गर्न लागेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने “कोरोना महामारीअघि काठमाडौँमा चार्टर उडान गर्दै आएको तिब्बत एयरलाइन्सले अब नियमित उडानको अनुमति पाएको छ । सियानबाट अब हरेक आइतबार र बिहीबार काठमाडौँ नियमित उडान हुन लागेको हो ।”
तिब्बत एयरलाइन्सले कोरोनाअघि चीनको छेन्दुबाट काठमाडौँमा चार्टर उडान गर्दै आएको थियो । कम्पनीले शनिबार पनि काठमाडौँमा चार्टर उडान गरेको छ । त्यस्तै कुवेतको जजिरा एयरलाइन्सले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुनः उडानको तयारी गरिरहेको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार जजिराले भदौको पहिलो सातादेखि पुनः उडान सुचारु गर्ने तयारी रहेको छ । हाल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायु सेवा निगमले हङकङ र दिल्ली जाने यात्रुलाई लक्षित गरेर उडान गर्दै आएको छ ।निगमले हरेक मङ्गलबार काठमाडौँ–मलेसिया–भैरहवा–काठमाडौँ उडानमार्फत भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उडान गर्दै आएको छ ।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले गत वर्ष जेठ २ गते पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नतिजा छिटो निकाल्ने नाममा विद्यार्थीको भविष्यमाथि खेलवाड भयो’
-
‘प्रदेश सभामा उठेका विषयहरू सम्बोधन नहुने हो भने छलफलको कुनै औचित्य छैन’
-
नाटोमाथि इरानले लगायाे यस्ताे आरोप
-
तत्कालीन निर्देशक भट्टराईको बयान- एकाधिकार तोड्न र लागत घटाउन ठेक्का दुई प्याकेजमा लगिएको हो
-
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार
-
इरान युद्ध अधिकारसम्बन्धी मतदानमा अमेरिकी सिनेट ट्रम्पकाे पक्षमा, अघिल्लो निर्णय उल्टियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण