‘पशुपति प्रसाद २ : भष्मे डन’ को विदेशमा ३ हजारभन्दा बढी शो हुने
काठमाडौँ । फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को अन्तर्राष्ट्रिय रिलिज पनि निश्चित भएको छ । विदेशमा ३ हजारभन्दा बढी शो गर्ने तयारी सहित सेभेन सीजले फिल्मको अन्तर्राष्ट्रिय राइट किनेको हो । सोमबार निर्माण कम्पनी टुकी आर्टस् र सेभेन सीजबीच अन्तर्राष्ट्रिय प्रदर्शनसम्बन्धी सम्झौता भएको छ ।
जसको जानकारी टुकी आर्टस्ले एक विज्ञप्ति मार्फत गराएको हो । ‘अमेरिकामा १ हजारदेखि १२ सय शो, क्यानडामा १ सय ५० शो, बेलायतमा ५ सय शो, अस्ट्रेलियामा ५ सय शो, मध्यपूर्वका विभिन्न देशहरुमा ७ सय ५० शो, जापानमा १ सय शो र युरोपका विभिन्न देशमा ५० शो गर्ने तयारी भइरहेको छ’ विज्ञप्तिमा अगाडि भनिएको छ ‘भारत, दक्षिण कोरिया, मलेसिया, इराक तथा हङकङमा पनि फिल्म प्रदर्शन हुने छ ।’ विज्ञप्तिमा नेपाली फिल्मको इतिहासमा ‘पशुपति प्रसाद २’को अन्तर्राष्ट्रिय रिलिज अहिलेसम्मकै ठुलो हुने दाबी गरिएको छ ।
दीपेन्द्र के. खनालको निर्देशनमा तयार भएको फिल्ममा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रवीन्द्र सिंह बानियाँ, मिस्री थापा लगायतको अभिनय छ । फिल्ममा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता खगेन्द्र लामिछानेको पनि अभिनय देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण